धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
धादिङबेशी । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने नेपाली काङ्ग्रेसको महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउने उद्देश्यले काङ्ग्रेस केन्द्रिय सदस्य धना खतिवडाको संयोजकत्वमा गठित ‘यातायात व्यवस्थापन उपसमिति’मा धादिङ काङ्ग्रेसका युवा नेता एवम् नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रिय सल्लाहकार शरद अधिकारी चयन भएका छन् ।
काङ्ग्रेस केन्द्रिय कार्यालयले जनाएअनुसार सो समितिमा यातायात क्षेत्रमा विशेष योगदान पुऱ्याएका योगेन्द्रनाथ कर्माचार्यसहित केदारनाथ पौडेल, शरद अधिकारी, सानुकाजी प्रजापति, सुवन गिरि, धर्म भण्डारी र महेश्वर थापा चयन भएका हुन् ।
धादिङ काङ्ग्रेसको राजनीतिमा सक्रिय अधिकारी धादिङ काङ्ग्रेसको मात्र नभइ देशभर यातायात क्षेत्रमा सक्रिय र परिचित पात्र हुन् । धादिङ उद्योग वाणिज्य संघका पूर्वसचिव, जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व अध्यक्ष रहिसकेका अधिकारी धादिङ मण्डली यातायात प्रा.लि.का अध्यक्ष पनि हुन् ।
यसैगरी बनेपाका पुराना नेताको परिचय स्थापित गरेका, लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य नेपालको यातायात क्षेत्रका स्थापित एवम् सम्मानित व्यक्तित्व हुन् भने केदार पौडेल बर्दियाका काङ्ग्रेस नेता हुन् । तरुण दल बर्दियाका पूर्वअध्यक्ष उनी लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय महासचिव हुन् । यस्तै, सानुकाजी प्रजापति काठमाडौं र सुवन गिरि नुवाकोटका युवा नेता हुन् । धर्म भण्डारी मजदूर संघका केन्द्रिय अध्यक्ष र महेश्वर थापा ललितपुरका काङ्ग्रेस नेता हुन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |