धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जन्मजयन्तीको अवसरमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले ३ दिने नाट्य प्रशिक्षण तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २३ गतेदेखि २५ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं नाटक लेखक, निर्देशक तथा कलाकार पुरू लम्सालले सहजीकरण गर्नुभएको थियो ।
उक्त प्रशिक्षण तथा कार्यशालामा नीलकण्ठ नगरपालिका भित्रका विभिन्न शैक्षिक संस्थामा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सांसद गोविन्द लम्साल र समापन सत्रमा नीलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्माको प्रमुख आतिथ्य रहेको थियो ।
साथै कार्यक्रममा नाटकका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने स्थानीय कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |