धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । जिल्ला सुपर भाईजर र सामाजिक परिचालिकाको क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजनामा राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तरर्गत क्षमता अभिबृद्धि तथा पुन तार्जगी तालिम संचालन गरिएको हो ।
सामाजिक परिचालनको माध्यामबाट वन तथा वातावरण संरक्षण तथा जिविको पार्जन सुधारको लागि कवुलियत वन समुहरुलाई सहजीकरण गर्न, आवश्यक ज्ञान सिप प्रदान गर्ने उद्धेश्यले तालिम संचालन गरिएको डिभिजन वन कार्यालय धादिङका सुचना अधिकारी टंक श्रेष्ठले बताउनुभयो ।
तालिममा कवुलियती वन सम्बन्धी निति नियम, सामाजिक परिचालनको अवधारणा, कवुलियती वन समहुको अवधारणा लगायतका विषयमा प्रशिक्षण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । तालिमको सहजीकरण वन अधिकृत टंक नारायण श्रेष्ठ, दिपक प्रसाद पुडासैनी, वन प्राविधिक सहायक सविन आचार्य, फरेस्टर रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।
तालिममा नीलकण्ठ नगरपालिका, रुवीभ्याली गाउँपालिका, खानियावास, धुनिबेशी, गल्छी, थाक्रे, ज्वालामुखी, गंगाजमुना, त्रिपुरासुन्दरी गाउँपालिका भित्र छरिएर रहेका विपन्नमुखी कवुलियती वन समुहहरुलाई सहजीकरण गर्ने सामाजिक परिचालक र सुपर भाइजरको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |