प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ,२४ पुस
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यामिक विद्यालयमा बाघचाल, गट्टा र डण्डी बियो खेल सम्पन्न भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजना तथा विद्यालयको समन्वयमा आज बाघचाल, गट्टा र डण्डी बियो खेल सम्पन्न भएको हो ।
डण्डी बियो खेलमा १२४५ अंक ल्याउँदै दुवल बहादुर श्रेष्ठको समुह प्रथम भएको छ भने गोपाल प्रसाद लम्सालको टिम ११५५ अंक ल्याउदै दोस्रो भएको छ । प्रथम र द्धितिय हुने टिमलाइ क्रमश २ हजार र १२०० नगद सहित प्रमाण प्रत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
त्यसैगरी बाघचालमा रामजी लम्साल प्रथम, गेरुनाथ लम्साल द्धितिय, कृष्ण बहादुर दुवाडी तृतिय र चन्द्र बहादुर भटराइ सान्तोना हुनुभएको छ ।
गट्टा खेलमा तारादेवी लम्साल प्रथम, फुरौली श्रेष्ठ द्धितिय, कमलदेवी लम्साल तृतिय र जुनकीरी श्रेष्ठ सान्तोना हुनुभएको छ ।बाघचाल र गट्टामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेहरुलाई प्रमाण पत्र दोसल्ला सहित क्रमस २५ सय , २ हजार, १५ सय र १ हजार रुपैँयाले पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक नरहरी लम्सालले जानकारी दिनुभयो ।संस्कृति सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले खेल आयोजना गरिएको प्रधानाध्यापक लम्सालले जानकारी दिनुभयो ।
लोक खेलहरुलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले आयोजना गरीएको प्रतयोगितामा ६० बर्ष कटेकाहरुले मात्र सहभागीता जनाएका थिए ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सामरी भज्यांग माविमा नेपालमै पहिलो पटक बाघचाल, गट्टा र डण्डी बियो खेल प्रतियोगितात्मक रुपमा खेल खेलाइएको हो ।शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रस्ेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा युनेस्को सचिवालयका सचिव हरि प्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधराज सुवेदी, प्रधानाध्याप नरहरी लम्साल , समाजसेवी वैकुण्ठ प्रसाद लम्सालको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |