धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । शहिद स्मृति संचार सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी धादिङको सभा हलमा सम्पन्न ५ औँ अधिवेशनले मनराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा सुदर्शन खतिवडा, उपाध्यक्षमा संगीता कंडेल, महासचिवमा दिपक विश्वकर्मा, कोषाध्यक्षमा गीता अधिकारी, सचिवमा अमृत तामाङ निर्विरोध चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शुक्र कुमार श्रेष्ठ, अर्जुन प्रसाद खतिवडा, रामेश्वर सिंखडा, हरि कृष्ण लम्साल र राम शरण सेन्चुरी रहेका छन् ।
त्यसैगरी पुष्प राज थपलियाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । जसमा चन्द्र बहादुर लम्साल र सुमन अधिकारी सदस्यमा चयन भएका छन् ।
मनराज भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिक साधारण तथा पाँचौँ अधिवेशनमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, शंकर अधिकारी, सल्लाहकार वेदनिधि अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा र संस्थापक अध्यक्ष उत्तम कडँेलको विशेष आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |