धादिङ,२१ पुस
साविकको धुवाँकोट गाउँ विकास समिति हाल नीलकण्ठ नगरपालिका वडा नम्बर १४ लाई प्राथमिकतामा राखेर काम गरीरहेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । निर्वाचन अघि आफुले धुवाँकोटलाई प्राथमिकतामा राखेर विकास गर्छु भनेर बोलेको स्मरण गर्दै उहाँले विगत र वर्तमानको लेखाजोखा गर्नको लागि आग्रह गर्नुभयो ।शुभतारा साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका मेयर ढुंगानाले धुवाँकोट आउने बाटोहरु धमाधम पिच हुन थालेको,खानेपानीको काम भईरहेको,वडा कार्यालय जाने उकालेबाटोको ढलान गर्ने काम सुरु भएको भन्दै उहाँले अबको ३ बर्षमा धुवाँकोटमा देखिने गरी विकास निर्माणको काम हुने बताउनुभयो । विकास गर्ने काममा राजनीति गर्न नहुने भन्दै उहाँले जनताको सेवक भएर काम गरीरहेको बताउनुभयो । नगरपालिकामा धुवाँकोट गाभिएपछि धेरै विकास भएको भन्दै उहाँले पहिला धुवाँकोटको विकासमा कसैले चासो नदेखाएको पनि बताउनुभयो ।
कुषि क्षेत्रमा काम गर्नको लागि नीलकण्ठ नगरपालिका र अमेरीका सरकारबिच ठुलो परियोजना सन्चालन हुन लागेको भन्दै उहाँले यसले नगरको विकासमा ठुलो भुमिका खेल्ने बताउनुभयो । शुभतारा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडी,जिल्ला सहकारी संघका लेखा समिति संयोजक हरि प्रसाद घिमिरे र बलराम कोईरालाको आतिथ्यता रहेको थियो । ८ सय ४८ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २७ लाख रहेको छ । कार्यक्रमको अवसर पारेर उत्कृष्ट बाल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरीएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |