धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१५ पुस
नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायहरुको भुमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम धादिङबेशीमा सम्पन्न भएको छ । धादिङ जिल्ला अदालत जिल्ला बाल न्याय समितिको आयोजनामा बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायहरुको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकामा देखा परेको मुद्धा तथा न्याय सम्पादनमा देखिएको समस्या र सामाधानको उपाय, बालबालिकाको कानुन, बालन्यायको अवधारणा लगायतको विषयमा छलफल गरिएको जिल्ला अदालत धादिङका श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो ।
धादिङमा रहेका बालबालिकाको अवस्थाको बारेमा जानकारी दिने उद्धेश्यले सरोकावालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला अदालत धादिङका न्यायाधीश गोपाल प्रसाद वास्तोलाले बताउनु भयो । त्यसैगरी पछिल्लो तिन वर्षको तथाङ्कलाई हेर्दा धादिङमा बालबालिकाको मुद्धामा सबै भन्दा बढी जवरजस्ती करणीका मुद्धा रहेको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांकमा रहेको छ । सबै भन्दा बढी १० देखि १८ वर्ष सम्मका बालबालिकाहरुको मु परेको कार्यलयले जनाएको छ । जिल्ला अदालत धादिङका न्यायाधीश गोपाल प्रसाद वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायाधीश गीता श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, धादिङ अदालतका श्रेस्तेदार माधव भण्डारी लगायतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |