धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१५ पुस ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीमा भलिबल प्रतियोगिता तथा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद समितको आयोजनामा पोखरा खेतमा भएको वडा स्तरीय भलिबल प्रतियोगिता तथा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको हो । भलिबल प्रतियोगितामा आयोजक टिम ए गुम्दी प्रथम, वडा नं ४ बसी टिम द्धितिय र वडा नं ३ चिम्चोक टिम तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने टिमलाई क्रमश नगद १५ हजार, १० हजार र ७ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी गोरु जुधाइ प्रतियोगितामा ८ हल गोरु जुधाइएको थियो । ८ हल गोरु मध्ये जित्ने गोरुलाई ५००० र हार्ने गोरुलाई ३००० प्रदान गरिएको गंगाजमुना गाउँपालिका वडा नं ३ का अध्यक्ष राज कुमार गुरुङले जानकारी दिनुभयो । खेलकुद समितका अध्यक्ष हरि सिंखडाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भक्त बहादुर केसी, गंगाजमुना गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर घले, गंगाजमुना वडा नं ३ का वडा अध्यक्ष राज कुमार गुरुङको विषेश आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |