धादिङ,१२ पुस ।
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा जारी खेलकुद प्रतियोगितामा निलो सदन अगाडी रहेको छ । यहि पुस ११ गतेबाट जारी भएको निलो सदनले २३ स्वर्ण,१४ रजत र १० कास्य सहित अग्र स्थानमा रहेको छ ।यसैगरी १६ स्वर्ण,२३ रजत,१८ कास्य सहित हरियो सदन दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा १७ स्वर्ण,१६ कास्य र १४ रजत सहित रातो सदन तेस्रो र १७ स्वर्ण,२० कास्य र २४ रजत सहित पहँलोे हाउस चौथो स्थानमा रहेको छ ।विद्यालयको वार्षिक कार्यतालिका अनुसार पौष ११ गतेदेखि खेलकुद कार्यक्रम पुस १३ गते सम्म सन्चालन हुने प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो । कक्षा ९ सम्मको विद्यार्थीहरु सहभागि हुने खेलहरुलाई प्रि प्राइमरी, जुनियर, सब जुनियर र सिनियर गरी ४ तहमा खेल खेलाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |