नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।
रुवीभ्याली गाउँपालिका द्धारा आयोजित मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको आज समापन समारोहलाई सम्बोधन गर्नुहुदै उपाध्यक्ष लामाले सो कुरा बताउनु भएको हो । उहाँले सम्बोधन कै क्रममा रुवीभ्याली गाउँपालिकाको समाजमा लुकेर बसेका घटनाहरुलाई बाहिर ल्याउन टोल टोलमा गएर सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिवृििद्धमा जोड दिन मेलमिलाप कर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
धादिङबेशी स्थित आरके होटलमा मंसिर ६ गते देखि सुरु भएको तालिममा रुवीभ्याली गाउँपालिकाको ६ वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा महेन्द्र लम्साल, बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको रुवीभ्याली गाउँपालिका वडा नं ५ कि धनमाया तामाङ बताउनु भएको छ ।
त्यसैगरी सामाज भएका विवादहरुमा पहिला परम्परागत र दबाब मुलक थियो भने तालिम लिएपश्चात दुबै पक्षको मनाशायलाइ बुझेर मात्र निर्णय गर्नुपर्छ भन्ने सिकाइ भएको बिमल तामाङको भनाई छ ।
गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङको सभापतित्वमा भएको तालिमको समापन समारोहमा वडा नं १ का अध्यक्ष पम्बर तामाङ, वडा नं ३ का फेदोर्जे तामाङ, वडा नं ६ का वडा अध्यक्ष समिर गुरुङ लगायतको आतिथ्यता रहको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |