प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ,१५ भाद्र ।
नेपाली कांग्रेस धादिङले बागमती प्रदेश सभाका पूर्वसदस्य तथा नेपाली कांग्रेस धादिङका पूर्वसचिव स्व.डा.राजाराम कार्कीको भदौं १९ गते श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने भएको छ ।
बागमती प्रदेशसभाका पूर्वसदस्य तथा नेपाली कांग्रेस धादिङका पूर्वसचिव डा. स्व कार्कीको निधनको १४ औं दिनको अवसर पारेर श्रद्धाञ्जली सभामा आयोजना गरिएको पार्टि सचिव विकास श्रेष्ठले जानकारी दिनु भएको छ ।
स्व. डा. कार्कीको स्मृति र सम्मानमा भदौ १९ गते मंगलबार १ बजे बीपी स्मृति भवन, धादिङबेसीमा श्रद्धाञ्जली सभा गर्ने श्रेष्ठले बताउनुभयो ।नेपाली कांग्रेस पार्टीसँग आस्था राख्नुहुनेहरुलाई श्रद्धाञ्जली सभामा उपस्थितिका लागि कांग्रेस धादिङले अनुरोध गरेको छ ।
भदौ ६ गते (बुधबार) साँझ वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
डा. राजाराम कार्कीको राजनीतिक यात्रा
उहाँले नेपाली कांग्रेसको केन्द्रीय सदस्य(२०५९), नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि हालसम्म लगातार महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय महासचिव(२०५५); नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सचिव(२०५३); स्वतन्त्र विद्यार्थी युनियन, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसको सभापति (२०४३) लगायतको जिम्मेवारी वहन गर्नुभएको थियो । उहाँ वि.सं. २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित हुनुभएको थियोे । वि. सं. २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा धादिङ जिल्लाको तत्कालीन क्षेत्र नं. ३ मा उहाँ नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । उहाँका पिता, माता, २ श्रीमती, ४ छोरा र १ छोरी हुनुहुन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |