धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ । धादिङ अस्पतालले आज जटिल प्रकृतिको सल्यक्रिया गरेको छ । शुक्रबार सिद्धलेक गाउपालिका वडा न १ की २९ बर्षिय पांचौ पटक गर्भ रहेकी गर्भवती महिला बिहान अस्पतालको प्रसूती कक्षमा आईपुगेको र डाक्टरको चेकजाँच पछि तुरुन्त अप्रेसन थ्रियटरमा लगी ईमरजेन्सी जटिल प्रकृतिको सल्यक्रिया गरेको हो ।
हिजो राती ९ बजे बाट प्रसव पिडा बढ्दै जाँदा आज बिहान पाठेघर बाट हात निस्की ह्यान्ड प्रोलाप्स भएकोमा सल्यक्रिया गरी सकुशल बच्चा निकालिएको हो । सल्यक्रिया डा. प्रदिता श्रेष्ठ, डा. रामचन्द्र रिजाल, एनेस्थोसिय असिस्टेन्ट संगीता छत्कुली, नर्सीङ बिमला तिमल्सिना महरा र कार्यालय सहयोगी सन्जु रिजालको टिमले गरेको थियो । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको धादिङ अस्पतालका सुचना अधिकारी रामचन्द्र रिजालले बताउनु भयो ।
धादिङ अस्पतालललाई रिफर अस्पताल भन्ने भनाईलाई पछिल्लो समय अस्पतालको सेवा सुविधाले स्थानियहरुको मन जित्न थालेको छ । पछिल्लो समय धादिङ अस्पतालको सेवामा गुणस्तर अभिवृद्धि भएको देखिन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |