तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ । धादिङबेशी आसपासका खोलानालामा सरसफाई अभियान संचालन गरिएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर प्रहरी, नेपाल प्रहरी, टोल सुधार समिति, निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको समुहले प्रत्येक शनिबार थोपल खोला तथा अरुङखोला आसपासमा सरसफाई अभियान संचालन गरेको हो ।
धादिङ जिल्लाको मुटु भनेर चिनिने नीलकण्ठ नगरपालिकालाई फोहोर मुक्त नगर बनाउने उदेश्यका साथ अभियान कै रुपमा सरसफाई कार्यक्रम संचालन गरिएको टोल सुधार महासमितिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो । बर्खायाम सुरु भए संगै डेगु लगाएतका संक्रामक रोग बढ्ने खतरालाई समेत मध्यनजर गर्दै सरसफाई अभियान संचालन गरेकोे नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद रिजालले बताउनुभयो । नगरबासीले थप सहभागीता जनाई यो अभियानलाई सार्थकता दिनुपर्ने उहाँको भनाई छ ।
पहिलो चरणमा थोपलखोलामा सरसफाईमा कार्यक्रम गरी अहिले अरुङखोलामा अभियान जारी रहेको छ । घरबाट निस्केको फोहोरहरु खोलानालामा नफाल्न र फोहोर बाक्ने गाडी नआईकन घरबाहिर फोहोर नराख्न नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने बजारबासीलाई आग्रह गर्नु भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |