धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाण्डौमा लघु कथा समाजको आयोजनामा विर्मश कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लघु कथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अंगालेको स्पष्ट पार्दै कथाहरु नारी प्रधान रहेको बताउनुभयो ।
“कुमाताले नेपाली कथा साहित्यको क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल भएको छ”, उहाँले भन्नुभयो, “किताव प्रकाशन भएको एक वर्षमा तेस्रो संस्करण आउने अवस्था वन्नु र तीन तीन वटा पुरस्कार हात पार्नु कथा संग्रहको वलियो पक्ष हो ।”
कार्यक्रममा कृति माथि समीक्षा गर्दै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाको विषय वस्तुहरु समसामयिक र हाम्रै समाज वरिपरिका रहेकाले पाठकहरुले रुचाएको बताउनु भयो ।
“लेखकको पहिलो कृति भएकाले केही त्रुटि अवश्यनै छन्”, उहाँले भन्नुभयो, “प्रस्तुतीको शैलीलाई आगामी सिर्जनाहरुमा ख्याल गर्न लेखकलाई सुझाव दिन्छु ।” त्यसैगरी अर्की समीक्षक उपप्राध्यापक ज्ञानु अधिकारीले कुमाताका लेखक पराजुलीले कुमातामा राम्रा कथाहरु समावेश गर्नु भएको बताउँदै शीर्षकले नकारात्मक अर्थ दिए पनि कथाहरुमा समेटिएको विषयवस्तुले नारी अस्मिताकै पक्षमा बोलेको बताउनु भयो ।
“कथाले समाज बोल्नु पर्छ, कुमाताभित्र समाज प्रस्ट झल्किएको छ”, उहाँले भन्नुभयो । कुमाता कथा संग्रह समग्रमा राम्रो भए पनि आगामी कृतिहरुमा नारी अस्मिता प्रति अझ संवेदशील हुनु पर्ने औल्याउनु भयो ।
कुमाता कथासंग्रहका लेखक वसन्त पराजुलीले नारी सम्वेदनमा केन्द्रित भएर कथाहरु लेखिएको बताउनुभयो । “नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकोले पाठकहरुले यसलाई मन पराइ दिनुभएको मैले पाएको छु”,उहाँले भन्नुभयो।
भुँडी पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले पुस्तकको तेस्रो सस्करण प्रकाशनको प्रकृया शुरु भएको जानकारी दिनुभयो । भुँडी पुराण प्रकाशन प्रालिले गत वर्षको फागुन २६ गते प्रकाशन गरेको कुमाता संग्रहले गत असारमा दोस्रो संस्करण निकालेको हो ।
यो पुस्तक चितवन साहित्य परिषदको चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार, राउण्ड टेवुल गसिफ हेटौंडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको श्रष्टा सम्मानवाट सम्मानित भएको कृति हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |