धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धुनीवेसी नगरपालिका वडा नं. ७ गुर्धम गाँउमा एक घर एक धारो निर्माण गर्ने गरी खानेपानी योजना निर्माण गर्न पधेरा खोलामा शिलान्यास गरिएको छ । शुक्रवार एक कार्यक्रमका विच नगर प्रमुख वालकृष्ण आर्चायले पधेरा खोला गुर्धम लिफ्ट खानेपानी योजनाको मुहानमा निर्माण गरिने पानी संकलन ट्याकी निर्माण स्तलमा पुजाविधी गरि शिलान्यास गरेका छन् ।
खानेपानी समस्याका कारण गुर्धुमबासी घण्टौ धाएर खानेपानीको जोहो गरिरहेका छन् । तर गाउँमै खानेपानीको सुविधा ल्याउन पहल हुन थालेपछि स्थानियहरु हर्षित बनेका छन् । गुर्धुम गाउँका ६५ घर परिवार गाउँमै खानेपानी आउने दिनको पखाईमा छन् । घण्टौ धाएर खानेपानीको जोहो गरिरहेका उनीहरु गाउँमा खानेपानी आउने खुषीले श्रमदान पनि गरिरहेका छन् । तीन वर्षदेखि शुरु गरिएको योजनाले आर्थिक वर्षको अन्त्यतिर आएर पुरा होला त भन्ने दुविधा रहेको स्थानिय बताउँछन् ।
यसैगरी असार मसान्तसम्म गुर्धुमबासीलाई गाउँमै पु¥याएर पानी खुवाउने धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बतानुभयो ।गुर्धुम गाँउमा खानेपानी योजना निर्माणाधिन चरणमा रहेको छ । गत आर्थिक वर्षमा ४० लाखले गाउँमा १÷१ लाख लिटरको ट्याङ्कीहरु निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा ७० लाख रकम बराबरको काम भैरहैको उहाँले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |