नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना,परिक्षण सहित सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजना तथा नेत्रावती डवजोङ गाउपालिका स्वास्थ्य शाखाको सहकार्यमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित सहयोग तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य परिक्षण कार्यक्रममा १०३ महिला र ६७ जना पुरुष गरी १७० जनाले स्वास्थ्य रपरिक्षण गराएका थिए । कार्यक्रमकै अवसर पारेर १४२ जनाले आँखा जाँच र ६० जनाले आर्युवेद र १२० जनाले जनरल सेवा लिएका थिए ।
कार्यक्रममा ३१ जना जेष्ठ नागरिकहरुलाई सम्मान सहित लठ्ठी,तौलिय, छाता,सावुन,दोसल्ला,ब्रस,मन्जन,लगाएतको सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।
नेत्रावती डवजोङ गाउपालिका वडा न ४ को वडा अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन अधिकृत अनन्तराज शर्मा,धादिङ अस्पतालका मेडिकल अधिकृत रेसम बिक्रम सिँन्जाली,धादिङ आँखा केन्द्रका प्रमुख रामसिँङ तामाङ,जिल्ला आर्युवेद केन्द्र धादिङका प्रतिनिधि पार्वती ढकाल सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।
जेष्ठ नागरिकहरुको सम्मानका लागी आयोजित स्वास्थ्यमा परिक्षण सहितको सचेतना तथा सामाग्री हस्तान्तरण कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिईने र नेत्रावती डवजोङमा नै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरिएको सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेलले बताउनु भयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |