नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,८ चैत
बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि त्रिपुरासुन्दरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले बताउनु भएको छ । त्रिपुरासुन्दरी बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पूरा गर्न सबै पक्ष एकताबद्ध भएर घर,घर ,टोल टोलमा बालमैत्री पद्धति अबलम्बन अभियानलाई तिब्रताका साथ कार्य गर्नुपर्ने बताउनुभयो ।
बुधबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ ले बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला उद्घाटनको अवसरमा उपाध्यक्ष धरेलले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनु भयो । वडा अध्यक्ष भीम प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित २४ जनाको सहभागीता रहेको थियो । बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडा तहमा गर्नु पर्ने कार्य योजना तथा सहभागीतात्मक रुपमा बालबालिका ,अभिभावक ,बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता गरि कार्यान्वयन गर्न सम्बन्धि कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।
कार्यशालामा बालमैत्री स्थानीय शासन अबलमम्वन बालबालिका सम्बन्धि नीति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय वडा तहमा रगर्नु पर्ने कार्यहरु र बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको त्रिपुरासुन्दरी गाउँपालिका महिला तगा बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |