धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङबेशी । धादिङ अस्पतालमा मुख्य मन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु भएको छ । आईतबार बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले एक समारोहका बिच कार्यक्रम उद्घाटन गरेसंगै सेवा सुरुवात भएको हो ।
नसर्ने रोगका न्यनिकरण गर्न र रोगको पहिचान गरी मृत्युदर कम गर्ने उदेश्यका साथ २०७९ सालको कार्यक्रम सुरुवात गरिएको छ ।
सेवा सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले यस कार्यक्रम महत्पवुर्ण र अर्थपुर्ण देखिएकोले प्रदेश सरकारले निरन्तरता दिएको बताउनु भएको छ । उहाँले धादिङ अस्पतालको स्तरन्नतीको लागी आफु सदैव लाग्ने भन्दै अस्पतालको सेवा गुणस्तरमा प्रभावकारी बनाउन समेत आर्गह गर्नु भएको छ ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले धादिङ अस्पतालबाट प्रवाह हुँदै आएको सेवा पछिल्लो समय प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अस्पतालको बिकास र बिस्तारमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालले अस्पतालको क्षेत्र साँघुरो रहेकोले अस्पताल अन्यत्र स्थान्तरण गरेर भएपनि फराकिलो स्थानमा लगी ब्यवस्थित गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोहि समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुं्गानाले धादिङ अस्पताललाई पनि स्थानिय सरकारको तर्फ बाट सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
धादिङ अस्पताल संचालक समितिका अध्यक्ष राजाराम रिजालको सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्रिका स्वकिय सचिव बिजय बुर्लाकोटी,जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, बेनीघाट रोराङ गाउपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया,नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,नेपाली कांग्रेसका पूर्व सभापति रमेश धमला, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायत संघ संस्थाका प्रमुख एवम् प्रतिनिधहरुको आतिथ्यता रहेको थियो ।
सेवा सुभारम्भ भए संगै ३० वर्ष माथिका अति विपन्न, दलित, जनजाति, लोपोन्मुख, शहिद परिवार लगायत द्वन्द्व पीडित नागरिकले सेवा लिन सक्ने छन् । 






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |