धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । उहाँले भन्नुभयो, “१५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ ।”
सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको छ । यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको होे । थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |