नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ । ज्वालामुखी गाउपालिका वडा न ६ स्थित काउलेडाँडा, गैरी गाउँ टोललाई नमुना,सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि काउले डाँडा र गैरी गाउँलाई नमुना,सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो । ज्वालामुखी गाउपालिका वडा न ६ काउलेडाँडा, गैरीगाउँ टोल बिकास समितिको आयोजना तथा ज्वालामुखी गाउपालिका र शान्ति नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद रामनाथ अधिकारीले व्यक्ति,घर,टोल बाट गाउँ सफा हुने भन्दै सरसफाईले हाम्रो स्वास्थ्य र व्यक्तित्वको पहिचान झल्किने बताउनु भएको छ । उहाँले पालिका अध्यक्ष यामनाथ दनैले लिएको लक्ष पुरा गर्न चासोको साथ हातेमालो गरिदिनुभएकोमा सरोकारवालाहरुलाई धन्यावाद समेत ब्यक्त गनुभएको थियो । सांसद अधिकारीले गाउँको सफा राख्ने दायित्व समुदायको हरेक नागरिकको रहेको भन्दै स्वास्थ्य गाउँ कायम राख्न आवश्यक पर्ने पूर्वाधार विकासमा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ । कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभाका सांसद बन्नुभएका डिपि अर्यालले नमुना,स्वच्छ र सफा गाउँ घोषणाले उक्त स्थानका नागरिकहरुको चेतनास्तर माथिल्लो छ भन्ने संकेत गर्ने बताउनु भएको छ ।
नमुना,स्वच्छ र सफा गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यमनाथ दनैले पालिका भित्रका सबै गाउँलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा सहितको कार्यन्वयन गर्ने कार्यमा आफु लागिरहेको बताउनु भएको छ । उहाँले नमुना पालिका बनाउने रहरलाई साकार पार्न प्रतिवद्ध भएर आफु लागीरहेको समेत बताउनु भएको छ । नमुना,स्वच्छ र सफा गाउँ घोषणा गरिएको काउले डाँडा र गैरी गाउँमा हाल १ सय ७५ घरधुरी रहेको छ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |