नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०१ मंसिर ।
गर्मी याममा किटाणुहरुको फैलावट सहज हुने भएकाले धेरै मानिस डेंगीका बिरामी हुन्छन् । तातोपनका कारण खानेकुरामा संक्रमण बढ्दा पनि वर्षा याममा बिरामी बढी हुने गर्दछन् । चिसो बढे पछि बिरामी घट्ने भनिएता पनि धादिङमा डेगी संक्रमण अझै घटेको छैन ।
गत साउन यता धादिङमा १ हजार २५५ जना पुरुष र १ हजार ८१ जना महिला गरी २ हजार ३ सय ३६ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। यस्तै पछिल्लो २४ घण्टामा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ८ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका २/२ जना गरी १८ जनामा पुष्टि भएको हो ।
जिल्लामा कुल संक्रमति मध्ये सबै भन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिमा रहेका छन् भने खनियाबास गाउँपालिकामा सबै भन्दा कम संक्रमित रहेका छन् । जम्मा संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |