Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

असल मानव बन्ने प्रण गरौँ

नीलकण्ठ एफ.एम ३९६९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १७, सोमबार (३ साल अघि)
Post Thumbnail

धादिङ,१७ असोज ।
आज महा–अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी,कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।

आजको दिन शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

विशेष गरी आजको दिनलाई लिएर कतिपयले आलोचना त कतिपयले संस्कार र संस्कृतिको रुपमा मानी बलिप्रथालाई बचाउ गरिरहेको पाउन सकिन्छ । लिङ्गे पीङको मच्चाई अनि पारिवारीक जमघटका समयमा दशैंको निलो स्वच्छ आकाश अनि माधुर्यता बिचमा बर्षभरिको थकानलाई बिट मार्दै दशैं मग्न हुनु हिन्दु धर्मालम्बीहरुको परम्परा रहेको अधिकाँशले बताउँदै आएको पाउन सकिन्छ ।

जनावर अधिकारसंग सम्बन्धित संघ–सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् । चाहे हिन्दुहरुको दशैं होस् या क्रिस्टियनहरुको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरु या मुसलमानहरुको इद बकरइदमा काटिने खसी बोकाहरु, कहिंकतै धर्म र संस्कारहरुबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको कुरा पनि हामीले पछ्याइ आएका छौं ।

पहिले पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषिप्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरुको सहज उपलब्धता भएकाले पनि वलि दिने चलन धेरै थियो तर आजभोली बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुनसक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।

अर्कोतर्फ मासुहरु राख्नकालागि चाहिने चिस्यान यन्त्र अर्थात फ्रिजहरुको उपलब्धता धेरै नेपाली घरहरुमा नभएको कारणले पनि मासुहरु स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन अनि धेरै चिल्लो गरेर पक्कु मासुहरु धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुनसक्दछ ।

यस विषयमा मासु सेवनगर्दा सचेत रहन जरुरी छ ।संस्कृतमा वलिको अर्थ कुनैपनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ, आजको दिन हामीपनि आफ्नो रिसराग, मोह, इर्श्या अनि घमन्डको वलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ, सकेसम्म वलि दिने प्रचलन बेठिक छ र पशुलाई पनि बाँच्न पाउन अधिकार रहनुपर्ने कुरालाई जोडतोड्ले उठाउने कोसिस् गरौं अन्य स्थितिमा हामीलाई अत्यावश्यकिय अवस्था बाहेकका समयमा बाहेक मांसाहारी त्यति उचित छैन भन्ने सन्देश दिने काम गरौं । यहाँहरु सबैको दशमी सुखद् शान्ति तरिकाले सपन्न होस् यहाँहरु सबैलाई महाअष्टमीको शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0