Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

नीलकण्ठ एफ.एम २६९२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १०, सोमबार (३ साल अघि)
मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ ।  विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।

सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन ।

कोरोनाको पहिलो लहरमा नौ महिनासम्म भएको विद्यालय बन्दका कारण छोरा मोबाइलको लतमा लाग्यो । मोबाइल र साथीहरूसँग व्यस्त भई पढाइप्रति ध्यान दिन छाड्यो । कक्षा ६ मा अध्ययनरत छोरा कक्षामा १५औँ स्थानमा आयो ।

छोराको बिग्रँदो भविष्यप्रति चिन्तित परियारले दुखेसो पोखिन्, ‘छोरा गतिलो भएर सुख पाउने आशमा बसेको त त्यो आशा पनि कोरोना र मोबाइलले खोसेर लगेको छ । अब कसको सहयोग पाउने आशामा म बाँच्नु ? मेरो जिन्दगी नै अन्धकार हुने भयो ।’

राजविराज नगरपालिका वडा नं ६ खर्साल टोलकी ३९ वर्षीया अनिता यादव पनि छोरा लेखपढमा भन्दा मोबाइल चलाउनमा व्यस्त हुन थालेपछि निकै चिन्तित हुन थालेकी छन् । जिल्लाकै एउटा गैरसरकारी संस्थामा कार्यरत उनी छोराको भविष्य अन्धकारतर्फ जानलागेको चिन्ताले सताएको छ ।  उनले भनिन्, ‘छोरा कक्षा ९ मा पढ्छ । एकछिन मोबाइल नभई हुँदैन । लत जस्तै भएको छ ।’

छोरालाई भोकभोकै बसेर भए पनि मोबाइल चलाउन पाए पुग्ने भएको उनले बताइन्  । ‘अहिले मोबाइल चलाउने बेला भएको छैन,पढ्ने बेला हो । राम्ररी पढ्यौ भने भविष्य उज्ज्वल हुन्छ भन्दा पनि बुझ्दैन’ छोराको भविष्यको चिन्ताले त कति रात निदाउन नसकेको उनको अनुभव छ ।

चिन्तित अभिभावक र शिक्षक
छोराछोरी, नातिनातिनाहरूमा बढ्दो मोबाइलको लतलाई लिएर आमाबाबु, हजुरआमा हजुरबाबुहरू निकै चिन्तित हुनथालेका छन् । परिवारमा तनाव भएर घरको माहोल बिगार्ने कामसमेत हुन थालेको छ । छोरीको मोबाइल कुलतबाट आजित रमेश चौधरी भन्छन्– जतिबेला पनि मम्मीको मोबाइल उनको हातमा हुन्छ । फोन गर्न माग्यो भने दिन मान्दैन ।  गाली गरेर मोबाइल माग्यो भने रिसाएर घरबाट निस्किदिन्छ ।

विष्णुपुर गाउँपालिका वडा नं. ३ हाटीकी संजु यादवलाई पनि कक्षा ८ र ९ मा पढ्ने छोराछोरीको मोबाइलको लत देखेर विरक्त लाग्ने गरेको छ । उनले भनिन्, ‘मोबाइल आवश्यक छ तर जतिबेला पनि मोबाइल हातमा बोक्ने कुरा होइन । नत दराजभित्र थुन्ने नै चिज हो । एकछिन छोड्यो कि हातमा आउनै गाह्रो ।’ मोबाइल पाएपछि के के न पाए जस्तो गरेर आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सेर अधिकार मात्र खोज्न थालेको दुखेसो यादवको छ ।

राजगढ गाउँपालिकाको कमलपुरस्थित श्री खुमनाथ जगरनाथ शक्ति आधारभूत विद्यालयका शिक्षक श्यामप्रित मण्डलले अहिले विद्यार्थीहरूको सबैभन्दा लोकप्रिय वस्तु मोबाइल भएको उल्लेख गर्दै मोबाइलको गलत प्रयोगले बालबालिका र युवामा नकारात्मक असर परिरहेको बताए ।

उनले भने, ‘वाइफाई, इन्टरनेट पहुँच नभएको ठाउँभन्दा पहुँच भएको ठाउँका अधिकांश परिवारका युवा तथा बालबालिकाहरू धेरैभन्दा धेरै समय मोबाइलमा अनावश्यक समय खर्च गर्न थालेपछि पढाइमा कमजोर भइरहेका छन् ।’

विद्यार्थीहरू पढाइमा कमजोर भएका विद्यार्थीहरूमध्ये एक हुन्, राजविराज नगरपालिका वडा नं. १ चनौराकी बिनिता रजक । रजक २०७९ को एसइई परीक्षामा गणित विषयमा अनुत्तीर्ण भइन् । मोबाइलमा धेरै समय खर्चिनाले उनको पढाइमा समेत असर गर्‍यो । उनले भनिन्, ‘कोरोनाको समयमा लामो समय विद्यालय बन्द थियो । काम नभएपछि मोबाइल हेर्न धेरै समय दिन्थेँ । अहिले लत जस्तै भएको छ । एक दिन खान नदिँदा केही लाग्दैन । दुई घण्टा मोबाइल नहेरी सक्दिनँ ।’

रजकको मोबाइलमा युट्युबमा कमेडी भिडियोहरू हेर्ने बानी बसेको छ । उनको अनुभवमा कक्षामा पढाइ चलिरहँदा पनि केटाकेटीहरू च्याटिङ् हुन्छन् । पढाइतिर ध्यान दिँदैनन् ।

राजविराजस्थित केशो अनुरूद्धवती माध्यमिक विद्यालयका विज्ञान शिक्षक निलम मिश्राका अनुसार, कोरोनाकाल सुरु भएपछि दुई वर्षयता मोबाइल प्रयोग गर्ने विद्यार्थीको सङ्ख्या हवात्तै बढेको छ । उनको अनुभवमा विद्यार्थीहरूले घरमा बढी समय र विद्यालयमा लुकीछिपी मोबाइल चलाउँदै आएका छन् । विद्यार्थीहरूले मोबाइलबाट केही सिक्नुभन्दा त्यसको अनावश्यक रूपमा प्रयोग गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले भनिन्, ‘विद्यार्थीहरूमा मोबाइलको लत बढेपछि,सही सदुपयोग हुन नसकेपछि विद्यार्थीहरूको शैक्षिक स्तर घट्नु अहिलेको सबैभन्दा चुनौती र चिन्ताको विषय बनेको छ ।’

खासगरी शिक्षित अभिभावक होस् वा अशिक्षित,सबै आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहन्छन् । अचेल उनीहरू एकैछिन फुर्सत पाउनेबित्तिकै मोबाइल हातमा लिएर सामाजिक संजालमा व्यस्त भै हाल्छन्  ।

आजको मान्छेले जीवनमा सबैभन्दा धेरै समय बिताउने साधन मोबाइल बनेको छ ।

अधिकांश अभिभावकले धेरै काम मोबाइलबाट गर्ने गरेका छन् । बालबालिकाले घरमा अधिकांश समय आमाबाबुले मोबाइल चलाएको हेरिरहेका हुन्छन् । उनीहरूले आमाबाबु वा घरको अन्य सदस्यले बानीव्यहोराबाटै धेरै कुरा सिकिरहेका हुन्छन् ।

ससाना बालबालिकालाई अल्झाउन, सजिलै र छिटोखाना खुवाउनका लागि मोबाइल हेर्न दिनेको सङ्ख्यामा प्रतिदिन वृद्धि हुँदै छ । बालबालिकालाई अल्मल्याउन सजिलो पाटोको रूपमा मोबाइललाई प्राथमिकतामा राखेपछि बालबालिकाहरूलाई मोबाइलको लत लाग्ने गरेको छ । बालबालिकाहरू शरीरलाई असर पर्ने पहिले जस्तो खेलकुद नगरी धेरै समय घरमै बिताउन चाहनुको परिणाम पनि हो मोबाइलमा लत ।

मोबाइलबाट विश्वको गतिविधिबारे आवश्यक परेको बेला तुरून्तै जानकारी लिन सकिन्छ । सूचना एकै छिनमा विश्वमा पु¥याउन सकिन्छ । बालबालिकालाई सिकाउन र विद्यार्थीलाई अल्छी नलाग्ने गरी पढाउनका लागि मोबाइल सहयोगी साधन बन्न सक्छ । यति हुँदाहुँदै पनि बालबालिकालाई मोबाइलको कुलत नलागोस् भन्नेमा अभिभावक तथा शिक्षकहरू सजग र सचेत हुनु जरूरी छ । शिक्षक मण्डल ससाना बालबालिकादेखि १२ सम्मका विद्यार्थीहरूलाई अति आवश्यक कामका लागि बाहेक मोबाइलको पहुँचबाट टाढा राख्नुपर्ने तर्क छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0