निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो ।
श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए । इफ्तिखर अहमेदले ३२ रन बनाए । श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्यो ।
श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए । यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए ।
पाकिस्तानका ह्यारिस रौफले सर्वाधिक तीन विकेट लिए । यसबाहेक, नसिम साह, इफ्तिखर अहमेद र सदाब खानले समान एक विकेट लिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |