धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
नेपालले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ ।
पाहुना टोली नेपाल आज सुखद् सुरुआतको योजनामा हुनेछ । केन्या नेपालका लागि सहज प्रतिद्वन्दी पनि हो । टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । यसअघिको दुई भेटमा नेपालले केन्यालाई सहजै पराजित गरेकाे थियाे । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायर र सन् २०१८ मा एकदिवशीयमा नेपाल विजयी भएकाे थियाे ।
नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ । दोस्रो टी-ट्वान्टी भदौ १० गते , तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ भने एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
नेपाली टाेलीः-
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, विवेक यादव, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), साहब आलम, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र किशोर महतो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |