Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

निर्वाचन अघिको वाचा आफ्नो कार्यकालमा पुरा गर्छु : प्रेमनाथ सिलवाल(जनतासँग प्रमुखको पुरा अंश)

१५१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण,बाढि पहिरोको कारण समस्यामा परेका नागरिकहरुको लागि गर्नुपर्ने काम, समग्र विकास निमार्णको(खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, शुसासन लगायको विषयमा कार्यक्रम जनतासँग प्रमुख कार्यक्रममा धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सँग गरिएको कुराकानीको सम्पादित अंश :

  • कोरोना भाईरस सुरु भएदखि धेरै समस्या बेहोरेका छौँ,अहिले गाउँपालिकाको ताजा अवस्था के छ ?

अहिले हाम्रो गाउँपालिकामा कोरोना भाईरसको महामारी फैलिएको अवस्था छैन । एक जनाको मृत्यु भएको छ । काठमाडौ तिर बस्नु भएको सिद्धलेक गाउँपालिकाका सुरक्षाकर्मी साथिहरुलाइ देखिएको अवस्था छ । गाउँमा फैलिएको छैन । सिद्धलेक गाउँपालिकामा ९ जनालाइ पोजिटिभ निस्कियो । उहाँहरुलाई आइशोलेसनमा राखेर उपचार गरेर सबै नेगेटिभ निस्किएपछि स्वस्थ भएर घर फर्किनु भएको छ ।

  • कोरोना भाईरस कति समयसम्म रहन्छ भन्ने थाहा छैन,यसलाई व्यवस्थापन गर्नको लागि गाउँपालिकाले कसरी सोचिरहनु भएको छ ?

यसको उपचार विश्वमा नै पत्ता नलागेको हुनाले सहि तरिकाले अवतरण गर्न कठिन नै पर्छ । सिद्धलेक गाउँपालिकाले विद्यालयमा आइशोलेसन बनाएर राख्न हुदैन,आफैले भवन तयार गर्नुपर्छ भन्ने तरिकाले अहिले भएको मौजदा भवनको माथिको तल्लामा १५–१६ कोठ्ठाको दूइ तले भवन बनाउन ठेक्का हाल्ने आहवान गरेका छौँ।

सिद्धलेक गाउँपालिकामा फोकस नेपाल अन्तरगत क्रिश्चिएन एडले ८० वटा सर्जिकल बेड उपलब्ध गराउनु भएको छ । त्यो हामीसगँ सुरक्षीत छ । हाम्रो स्वास्थ्य चौकि जम्मा १३ वटा छ, स्वास्थ्य चौकि तीन वटा,आधारभुत स्वास्थ्य चौकि चार वटा ,स्वास्थ्य बिन्दुहरु र हेल्प डेस्क गाउँपालिकामा छ ।

हामी परेको खण्डमा त्यो बेडहरु स्वास्थ्य चौकि पु¥याउन सक्ने अवस्था छ । विदेशबाट आउनु भएका हाम्रा दाजुभाई दिदीबहिनहरुलाइ होम क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि गरेका छौँ । अब हामी क्वारेन्टाइनमा नराखौँ । तपाइहरुलाई खान बस्न समस्या छ भने गाउँपालिकाले व्यवस्थापन गर्छ । प्रकोप व्यवस्थापन कोषबाट हामी केही रकमहरु पठाएर खाने बस्ने व्यवस्थापन गर् । अब संक्रमण भए पछि मात्र हामी आइशोलेसनमा राख्छौँ ।

अहिले  सघंबाट १० लाख ५ बेडको अस्पताल स्थापना गर्नको लागि दुई जना डाक्टरहरु आउदै  हुनुहुन्छ भनेर कुरा गर्नु भएको  छ । अहिले कारोना भाईरसलाई लक्षित गरेर जति हाम्रो संघीय संसदहरुको पैसा फ्रिज भयो त्यो सब कोभिडमा राख्ने अवस्था भएको छ । जुन संघिय संसदको पैसाले कालो पत्रे गर्ने योजना गरेका थियौँ ।

बुङचुङ–भेडाबारी–मैदान–कमलबारी को सडकलाई त्यो पैसा ७६ लाख जति बचेको थियो । हामीसंँग तिस चालीस लाख पैसा छ । गाउँपालिकामा खर्च भएको जम्मा १२/१४ लाख,अहिले तिन–चार सय मान्छेलाइ क्वारेन्टाइनमा राख्यौँ । लगभग हामीले आइशोलेसनमा बसेको ६–७ जनालाइ उपचार गरायौँ । दुइ तीन महिना राख्यौँ । त्यस्तो धेरै खर्च भएको अवस्था छैन । 

  • सिद्धलेक गाउँपालिकाको एक जना मजदुर काठमाडौमा अलपत्र प¥र्यो भनेर सामाजिक सञ्जालमा आए, तपाईले परिवारको जिम्मा लगाउनुभयो,कसरी व्यवस्थापन गर्नुभयो ? 

अहिले करिब पाँच ५ वर्ष जती भयो ती भाइ आफनो श्रीमतीसगँ बिछोड भएर गएका । कहाँ के गर्छन् भन्ने कसैलाइ पनि थाहा भएको अवस्था थिएन । उनको श्रिमती सिता रिमाल भन्ने हुनुहुन्छ । त्यसैगरि एउटा छारो र तीन वटा छोरी छन् । र उहाँ श्रीमतीको नाममा भएको दोबानटारको जग्गा बेचेर श्रीमती पनि लिएर जानु भएको हो ।

काठमाडौमा घर छ अरे हामीले देखेको त छैन । सात आठ कोठाको घर छ भन्ने कुरा हामीले सुनेको हो । श्रीमान र श्रीमती को बीचमा सम्बन्ध बिछेद भएको पनि हैन र राम्रो पनि थिएन । यहाँ घरमा आर्मीबाट रिटाएर भएर बसेको बुढा बाबा आमा छन् । कहाँ गयो के गर्यो भन्ने किसिमको कुरा भइराखेको थियो । न्युज २४ ले खिचेको भिडियोमा देख्याँै । कतिपय मिडियाका साथिहरुले सत्य तथ्य पत्ता लगाउने तरिकाले गइदिनु भएको भए असाध्यै राम्रो हुन्थ्यो ।

तर मिडियाका साथिहरु छिद्र मात्र पत्ता लगाउने त्यसको सोलुसन ननिकाल्ने कुरा आयो । किन त्यसो भयो भन्ने कुरामा लाग्दिनु भएको भए असाध्यै राम्रो हुनथ्यो । उहाँहरु त्यसरी लाग्नु भएको मैले पाईन र भाइरल भयो भिडियो  । देश विदेशबाट पैसा दिने किसिमको बचन बद्ध गर्नुभएको छ । अहिले उनको बुबाको नाममा खाता पनि खोलिएको अवस्था छ । काठमाडौमा बस्नु भएका अर्जुन लगायत हाम्रा सिद्धलेक गाउँपालिकाका साथिहरुले सबैले उद्धार गर्ने काम गर्नुभयो ।

३१ हजार रकम र सिद्धलेक गाउपालिकाकै भाई रमेश सिलवालको गाडिमा हालेर  पठाइदिने काम गर्नुभयो । मैले सिद्धलेक गाउँपालिकामा बुजेर मेरो गाडिमा हालेर उनको घरमा पुराए । उनको बुबाआमा लाई जिम्मा लगाएर ३१ हजार ५ सय रुपैया मलाइ दिनु भएको थियो त्यो पैसा दिएर अब के आवश्यकता पर्छ त्यो सबै सिद्धलेक गाउँपालिकाले गर्ने बचन बद्ध दिएर आएको छु । 

  • धेरै मान्छेको प्रश्न के थियो भने अब त्यो मान्छेलाईसमस्या होला कि नहोला भनेर कमेन्ट आएको देखियो । अब गाउँपालिकाले खान नपाउने,भोकै बस्नुपर्ने अवस्था राख्दैन ?

उनी काम गर्न सक्ने छन् । उनलाइ रोजगारी दिएर व्यवस्थापन गर्नुपर्छ, त्यो गरिन्छ । उनले गर्न सक्छन् , तन्दुरुस्त छन् । गर्दै नगरे त पालेर राख्ने अवस्था त नरहला उनलाई सीप सिकाउने कामहरु,कुलतबाट छुटाउने कामहरु गाउँपालिकाले गर्छ ।  

  • सिद्धलेकमा ७२ प्रतिशत घरधुरीमा खानेपानी पु¥याउँदा कत्तिको मेहे्नत प¥यो बताइदिनुसन् ?

सिद्धलेक गाउँपालिकामा खानेपानिको लागि जम्मा लक्षित घरधुरीको संख्या लगभग ४ हजार ६ सय २४ छ । त्यसमा जम्मा जनसंख्या अहिले खानेपानि पाईसक्नु भएको २३ हजार १ सय २० जनाले ७  वटा वडामा खानेपानि खानुभएको छ । हालसम्म खानेपानिको पहुँच पुगेको घर संख्या ४ हजार ५ सय ४ छ ।

हाम्रो ६२ सय १२ घरधुरी छ, ७२ प्रतिशत हामीले पानिको पहुँच पु¥याइसकेका छौँ । त्यसमा सिद्धलेक गाउँपालिकाको कुल बजेट ७ करोड ३९ लाख ६६ हजार ५ सय ५३ रुपैँया खर्च भएको छ । हाम्रो १ सय ९ वटा योजना अगाडि बढेको छ । हामीले सर्वप्रथम सिद्धलेक गाउँपालिकालाई ७ वटा डिप बारिङ आफैले झिकेका छौ र तीन वटा डिप बोरिङ खानेपानीसगँ साझा रुपले अगाडि बढाएका छौँ । यो साल  १० वटा डिप बोरिङ सबै सम्पन्न हुन्छ ।

अब दुईवटा डिप बोरिङ तयार भईसकेको छ अरु डिप बोरिङको काम हुन थालेको छ । निषेधाज्ञा जारि भएपनि सिद्धलेक गाउँपालिकाले सुरक्षाका मापदण्ड अपनाएर काम गर्न छोडेको छैन । सिद्धलेक गाउँपालिकामा भदौ पाँच गते गएको अविरल वर्षाले ठूलो क्षति ग¥यो । बाटो पनि हामीले धेरै खनेका थियौँ त्यो पनि छेदबिछेद भएको छ । अब दशैँसम्म हामी सबै मेन्टेन गर्ने योजनामा छौँ । तत्काल कार्यपालिकाको बैठक बसेर वडाध्यक्षहरुलाई  कार्यपालिका सदस्युहरुलाई र वडा सदस्यहरुलाइ खटाएर हामी अगाडि बढ्छौँ  । 

  • हामीले जनताको घरघरमा पानिको पहुँच पु¥याउँदा,आगनमा पानि थाप्ने बातावरण बनाउदा कस्तो महसुस हुदो रहेछ ?

आफुलाइ पनि गौरव त हुन्छ नै । उहाँहरुको जुन किसिमको इच्छा,आकांक्षा हुन्छ त्यो अझै धेरै माग हुन्छ । पानी त लगेका छौँ हामीले सरसफाइमा पनि व्यवस्थापन गर्ने कुराहरु हुन्छ । धेरै चुनौतिहरु आफनो ठाउँमा छ । सिद्धलेक गाउँपालिकामा खानेपानीमा परिर्वतन भएको उहाँहरुले महशुस गर्नु भएको छ ।  भदौ पाचँ गते गएको बाढिले धेरै पाइपहरु बगाएको छ ।

मैले सब वडामा प्राबिधिक पठाएर तत्काल समस्या समाधान गर्ने तरिकाले पठाउने कुरा गरेको छु, उहाँहरु जानु भएको छ । एकान्तमा बस्नु भएको दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ भने पाइप दिएर व्यावस्थापन गर्ने काम गछौँ ।  हामी प्रत्येक योजनामा अनुगमन गर्न गएका छौँ, त्यसको परिणाम के आउछ भनेर सोचेका छौँ। हचुवा त्यत्तिकै गर्दैनौ योजना बनाएर गर्छौँ । 

  • जनताका जनजिविकाका कुरामा हामीले विकास गर्न सक्यौँ भने उहाँहरुको जनजिविका सुध्रियो भने परिवर्तन त त्यो हो नि ?

सरकारमा बसेका मान्छेहरुले जो मान्छे गरिव छन्, असाह्य छन् उनीहरुलाई उद्धार नगरे हामी के सरकारको अनुमती दिने त जनतालाइ ? समस्या परेको ठाउँमा मलाइ यस्तो भयो भनेपछि म तत्काल पुग्छु ।

  •  कमेन्टहरु
  • अहिले रोकिएको शिक्षालाई निरन्तरता दिनको लागि के गर्न सकिन्छ ? विद्यालयबाट नीजि श्रोतमा राखेका शिक्षकहरुलाई तलब दिनको लागि समस्या भयो भन्ने गुनासो आएका छन् नी ? 

हामीले वैकल्पिक शिक्षा लागु गर्ने भनेर गाउँ, टोलमा गएर पठनपाठन अगाडि बढाउन पर्छ भनेर लागियो । त्यसले पनि साथ दिएन । अहिले अनलाइन शिक्षा पनि अगाडि बढाउन पर्छ भन्ने मान्यता बोकेको हो तर अनलाइन शिक्षा सबै  ठाउँमा डाटा चलाएर पढ्न सक्ने अवस्था भएन ।

अब संघबाट निर्णय भएर आउछ भने त्यो तरिकाले गर्ने यदि  संघबाट आएन भने शिक्षा समन्वय समितिको अधिकृत,जिल्ला समन्वय समितिका प्रमुख, सि डि यो र हामी सबै बसेर कसरी यो शिक्षालाई अगाडि बढाउने भन्ने कुराकानी गर्नुपर्छ भनेर हामीले राष्ट्रिय शिक्षा संघठनको अध्यक्षसँग कुराकानी गरेका छौँ ।

उहाँले सेनिटाइजर, साबुन , पानि देखि सबै उपलब्ध गराउन सक्नु हुन्छ भन्नु भयो मैले सक्छु भने । सबै विद्यालयको कक्षामा सेनिटाइजर , मास्क उपलब्ध गराइदिन्छु । जोर विजोर गरेर पढाइदिउ भने  । निजि श्रोतमा बसेको साथि शिक्षा समितिले निर्णय गर्नुप¥यो । उहाँहरु त अहिले सम्म निजि श्रोतमा हुनुन्छ र  पठनपाठन भएको अवस्था छैन ।

 विद्यालयमा परिक्षाको शूल्क भनेर आउथ्यो र त्यसबाट खुवाउनु हुन्थ्यो । हामी कहाँ १३ वटा मा वि र ३४ वटा आ वि गरेर जम्मा ४७ वटा छ ।  शिक्षा समिति बैठक तत्काल बसेर निजि श्रोतमा रहनुभएको साथिहरुलाई  बिकल्प के गर्ने  भनेर अगाडि बढेका छौँ  । 

  • कमल कुमार श्रेष्ठ 
  • हाम्रो वडा नम्बर ६ को परेवाटार देखि कुम्पुर जाने सडक कालोपत्रे यो वर्ष हुन्छ कि हुदैन ? 

अहिले यो वर्ष कालो पत्रे नसकिएला । स्तर वृद्धि गर्नको लागि पैसा पार्ने कुराकानी भएको छ । सिद्धलेक गाउँपालिकालाई १० करोड,गल्छि गाउँपालिकालाई  १० करोड ,थाक्रे गाउँपालिकालाई ५ करोड र धुनिबेसी गाउँपालिकालाइ १० करोड  हाल्ने र गल्छिबाट माथि  सितापाइलाको बाटोलाइ पर्यटन मार्ग बनाउने  गल्छिबाट एता हाईवे बनाउने भन्ने कुरा गर्नुभएको छ । राष्ट्रिय योजना आयोगको प्रमुख  हुनुहुन्छ, हामी छौ र त्यो कुरा सबै प्रतिबद्धता गरेर निर्णय गराउँछौ भन्नुभएको छ ।  

  •  भिम भट्ट
  • दोबान्टारमा बाढीले भएको क्षतिमा के हुदैछ ? च्याडुखोलाको पुल मर्मत कहिले हुन्छ होला ? 

म आफै गएर हेरेको छु । अहिले वडाधक्ष्य रुद्र बहादुरको सक्रियतामा ज्वालामुखि गाउँपालिकामा हिम पाईप हालेर अस्थाइई रुपमा गाडि चलाउने कुराकानी गर्नुभएको छ । हामी पनि त्यसलाइ बेहोर्ने प्रतिबद्धता जाहेर गर्छौँ । त्यो पुललाई इन्जिनिएर साथिहरु लेराएर के गर्न सकिन्छ भन्ने विषयमा अगाडि बढ्ने  कुराकानी हुन्छ । जति घरहरु क्षति भएको छ,त्यो घरहरुलाइ व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यताले हामी अगाडि बढेका छौँ । 

  • रामहरी भट्ट
  • सिद्धलेक गाउँपालिकामा शिक्षाको क्षेत्रमा कस्तो योजना छ ?

वैकल्पिक शिक्षा दिएर अगाडि बढाउन भनेका थियौँ र अहिले कोरोना भाईरसले संघ नै अन्यौलमा परेका छ । जिल्लाले नै एउटा सोच बनाएर अगाडि बढ्यो भने हामी पनि अगाडि बढ्छौ । यदि अगाडि बढेको खण्डमा जोर बिजोर ग्रुपले पठनपाठन गराउन पर्छ भन्ने मान्यतामा छौँ ।

सबै शिक्षक साथिहरु द्यिालयमा आएर कम्पयुटरहरुमा आफनो अभ्यास गर्ने  कामहरु गर्नु भएको छ, उहाँहरु पढाउन पनि इच्छुक हुनुहुन्छ । जो अलिकति उमेर पुगेको साथीहरु, धेरै वर्ष पढाइसक्नुभएको साथिहरु पढाउन नपरे हुन्थ्यो जस्तो गर्नुहुन्छ । अहिलेका साथिहरु पढाउन पाए हुन्थ्यो,केहि नयाँ गर्न पाए हुन्थ्यो जस्तो गर्नुहुन्छ ।  

  • रोशन त्रिपाठि (सिद्धलेक–४ सलाङघाट)
  • गाउँपालिका कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार बोल्ने बोलिमा त्यति मिठास पाउन सकिन,हजुरको कार्यालयमा नियमित अनुगमन गरिदिनुहोस्, कर्मचारी र कार्यालय  प्रति  अलि  चासो दिनुहोस् ,यति  गरिदिनुभयो  भने हजुरको उपलब्धि मापन हुनेछ र सेवाग्राहीले दुख पोख्नु पर्ने थिएन । 

कोरोना भाईरसको कारणले गर्दा गाउँपालिकामा निषेधाज्ञा भनेर कर्मचारी साथिहरु घरतिर जानु भएको अवस्था हो ।  सबै साथिहरु अहिले पनि हाजिर भएको अवस्था देखिदैन । आवश्यकता अनुसारको साथिहरु कार्यालयमा आउनुभएको छ । हामीले प्रमुख प्रशासकियलाई कर्मचारी नियन्त्रणमा राखेर अघि बढ्नुस र कर्मचारी साथिहरुलाई छाडा नलगाउनुस् भनेर निर्देशन दिइसकेको छु । निषेधाज्ञाले गर्दा अलिकति बेथिति भएको तपाईले देख्नुभएको हो । त्यो अब सहज भएर जान्छ तपाईलाइ विश्वास दिलाउन चाहन्छु । 

  • बाधा रत्न (हाल साउदी अरवदेखि)
  • वडा नं १ नलाङ तल्लो काफल स्व्रामा खानेपानिको योजना छ कि छैन होला ?

तल्लो काफल सहरामा पानि पुगिसकेको छ , योजना नपुगेको भए हामी योजनामा हाल्छौँ । वडामा गएर जानकारी गराइदिन प¥यो कुन–कुन ठाउँमा पुगेको छैन । उहाँको तल्लो काफल सहरामा पानि पुगेको छैन भने कुन ठाउँबाट पानिको श्रोत छ त्यसलाई हामी व्यवस्थापन गर्दिन्छौँ ।

  • रोशन त्रिपाठि
  • सिद्धलेक गाउँपालिकाको नाम लिग्दै कुम्पुर स्वास्थ्य चौकीका अहेव अन्सारी माथी हमला,यही शिर्षकमा प्रकाशित समाचारको विषयमा पनि प्रष्ट पारीदिनु भए सत्य तथ्य कुरा थाहा पाउन सकिन्थ्यो कि ?

सिद्धलेक गाउँपालिकामा उहाँ २०७६/०८/०३ मा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन हुनुभयो । सिद्धलेक गाउँपालिकामा २०७६/०४/२३ मा आउनुभयो । उहाँलाई नलाङ ठाटी भन्ज्याङमा पदस्थापन गर्यौ । उहाँ अहिलेसम्म जानुभएको छैन । त्यसपछि हामीले २०७७/०३/१२ मा फिर्ता पठायौँ ।

तीन चार दिनपछि उहाँलाई सिद्धलेक गाउँपालिकामा नै काम गर्नु भनेर पत्र आयो । उहाँ अहिलेसम्म कहाँ जानु भएको छ, के गर्नु भएको छ सिद्धलेक गाउँपालिकामा केही थाहा छैन । अहिले कुम्पुरमा एक जना अहेव काम गर्नु भएको छ । करार मा एक जना अहेव एक जना अनमी मागेका छौँ । 

  • सिद्धलेक गाउँपालिकाका अध्यक्ष लगायत त्यहाँको जनप्रतिनिधिहरुले दोहोरो सेवा सुबिधा लिएको कुरा बारेमा प्रष्ट जानकारी गराइदिनु होस ।

हाम्रो वडाधक्ष्य,कार्यपालिका साथिहरु,सदस्य ज्युहरुले हामी धेरै हिँडडुल गनुपर्छ हामीलाई सेवा सुबिधा कटौति भयो, हामीलाई केही सेवा सुबिधा त गाउँपालिकाबाट निर्णय गरेर खानपर्यो भन्ने किसिमको कुरा गर्नुभयो । १२/१३ हजार निर्णय गरियो । त्यो पैसा २०७६ कात्तिक देखि फेरी लागु भएर आएको हुनाले सम्पूर्ण दोहोरो सुबिधा लिएको पैसा फिर्ता भयो । दोहारो सुबिधा लिएको छैन । 

  • श्याम थपलिया(सिद्धलेक–६ फिस्टार )
  • परिस्थिति नै जटिल भएर विदार्थीको पढाईमा धेरै बाधा परिसक्यो, तर शिक्षा क्षेत्रमा गाउँपालिका गम्भीर छ कि छैन ?आगामी रणनिति तथा चालीरहेको कदम  के छ ? स्थानिय जनता तथा विद्यार्थीलाई कसरी आसवासन दिलाउन सक्नुहुन्छ ?

म एकदम गम्भीर छु । शिक्षा सिमितिको बैठक राखेर तत्काल निर्णय गरेर जानुपर्छ भन्ने मेरो मान्यता छ । त्यसको लागि हाम्रो संगठनको अधक्ष्य ज्युले  सहजीकरण गर्छु भनेर  जिम्मा लिनु भएको छ । मैले समन्वय समितिका प्रमुख ज्यु जगन्नाथ नेपाललाई पनि  यो कुरा राखिसकेको छु । उहाँले पनि छिटै हामी यो काम गर्छौ भन्नु भएको छ । 

  • धुर्ब भट्ट
  • बगुवा विस्टारीको बाटोमा के हुदै छ ?  

बगुवा बिस्टारीको बाटोमा भईपरी आउने पैसाबाट मैले विगतमा पनि कुराकानी गरीसके । त्यो पैसा छुटाएर, पैसा थपदिन पर्यो भन्नु भएको छ । तलबाट मेसिनरी वाल लगाएर त्यसलाई अगाडि बढाउने कुरा म उहाँलाई प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।   

  • शिक्षा अधिकृतको रुपमा बलराम अधिकारीलाई लगिएको वास्तवमा के हो ? 

बलराम अधिकारी मिन्दुका मा विको स्थाही शिक्षक हुनुहुन्छ । अहिले पनि ११/१२ मा ४ पिरेड पढाउनुहुन्छ । उहाँलाई शिक्षा सहजकर्ताको रुपमा मिन्दुका माविकै तलब खाने गरेर करारमा मा लगिएको छ । हाम्रो भुवन केसी भन्ने शिक्षा अधिकृत हुनुहुन्थ्यो,अहिले उहाँ  रिटाएर भएर जानु भयो । उहाँको ठाउँमा अर्को मान्छे आउनु भएको छैन । उहाँलाई सपोर्ट गर्नको लागि सहजकर्ताको रुपमा लगिएको हो,उहाँ शिक्षाको प्रमुख होइन ।  

  • हामी यो बर्ष सिद्धलेक गाउँपालिकाको विकासलाई कसरी अगााडि बढाउँछौ ?

सिद्धलेक गाउँपालिकामा दुई वटा वडा कार्यालय बाँकी छ उद्घाटन हुन  । त्यो तत्काल उद्घाटन हुन्छ । पाचँ वटा जति खानेपानि यो साल सकिन्छ । हामीसगँ अलिकती पैसा फ्रिज भयो यसपालि ,हामीले काम गर्दा गर्दै संघ र प्रदेशको पैसा , संघको पैसा चै फिर्ता आउँछ । २ करोड २१ लाख १४ हजार ७५ रुपैँया फिर्ता आउँछ तर प्रदेशको ३ करोड ४७ लाख ४१ हजार ४ सय ७० रुपँैया चै कोसिस गरे आउने । यो ठेक्का भइसकेको कुरा कोभिडले गर्दा काम भएन ।  तत्काल हामी मंगलबार तिर प्रदेश गएर त्यो पैसा लेराउने पहल गर्छौ । 

  • अन्तिममा नीलकण्ठ एफएम सुनेर बस्नु भएका आदरणीय जनताहरुलाई के भन्न चाहनुहुनछ ?

देश विदेशमा रहनु भएका र सिद्धलेक गाउँपालिकामा बस्नु भएका हाम्रा आदरणीय जनताहरुलाई यो कोभिड १९ ले गर्दा अर्थतन्त्र अलिकती तहसनहस भएको अवस्था छ । हामी स्वस्थ रहऔँ भने जिवन बाच्यो भने सबै कुरा गर्न सक्छौ । सर्वप्रथम स्वास्थ्यलाइ ख्याल गरौँ । त्यसपछि हामी गर्नपर्ने कुराहरु भईपरी आउने कुराहरु हामी बसेर सल्लाह गरौँ । नीलकण्ड एफ.एमका सम्पूर्ण साथिहरुलाई सिद्धलेक गाउँपालिकाको तर्फबाट मलाई यो दुई चार शब्द बोल्ने मौका दिनुभयो धन्यवाद ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

  • नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0