नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०४ साउन।
धादिङको रुवी भ्याली गाउँपालिकाले लोकसेवा आयोगकै झल्को दिने गरी करारका कार्मचारी नियुक्तिको लागि परिक्षा सन्चालन गरेको छ ।
गाउँपालिकाले विभिन्न पदको लागि आह्वान गरेको परिक्षामा सहभागीहरुले लोकसेवा आयोगकै झल्को दिने गरी परिक्षा सन्चालन भएको सहभागीहरुले बताएका छन् । जिल्ला समन्वय समितिको हलमा कडा सुरक्षाका बिच परिक्षा सन्चालन गरीएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले जानकारी दिनुभयो ।
गाउपालिकामा कार्यरत करारका कर्मचारीहरुको असारमा म्याद सकिएपछि रुवी भ्याली गाउपालिकाले पुन करारमा कर्मचारी नियुक्तिको लागी बिज्ञापन आह््वान गरेको थियो । निष्पक्ष र योग्य कर्मचारी छनोट होस भनि सुरक्षालाई समेत मध्यनजर गर्दै धादिङबेशीमा परिक्षा संचालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धु्रवकुमार राईले बताउनु भयो ।

लिखित तथा मौखिक परिक्षा सन्चालन पश्चात छनौट भएका कर्मचारीहरुलाई तत्कालै कार्यक्षेत्रमा खटाईने गाउपालिकाका उपाध्यक्ष फे लामा तामाङले बताउनुभयो ।
आफु निर्वाचित भएपछि प्रशासनिक सेवालाई चुस्त दुरुस्त बनाई छिटो छरितो तवरले कार्य सम्पादनमा सहयोग पुगोस भनि योग्य, सक्षम र क्षमतावान कर्मचारी छनोटको लागी नयां बिज्ञापन मार्फत कर्मचारी छनोट गरिएको गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङले बताउनु भयो । हाम्रो हैन राम्रो कर्मचारी छनोट होस भनेर परिक्षालाई कडा र निष्पक्ष बनाईएको तामाङको भनाई छ ।
भिडियोमा गाउँपालिका उपाध्यक्ष फे लामा तामाङ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |