नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०४ साउन।
धादिङमा ६८ प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा साउनको ३ गते मंगलबारसम्ममा ७ हजार ५८८ दशमलव १२ हेक्टरमा क्षेत्रफल(६८ प्रतिशत)मा रोपाई सकिएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुुसार जिल्लामा २ नगरपालिका र ११ गाउँपालिकामध्ये हालसम्म नीलकण्ठ नगरपालिकामा ७५ प्रतिशत, धुनीबेशीमा ५५, नेत्रावती डबजोङमा ९०, गल्छीमा ४०, गजुरीमा ७५, गंगाजमुनामा ८०, बेनिघाट रोराङमा ७५, सिद्धलेकमा ८०, ज्वालामुखीमा ८०, त्रिपुरासुन्दरीमा ८५, खनियाबासमा ८०, रुवी भ्यालीमा ८५ र थाक्रे गाउँपालिकामा ९६ प्रतिशत रोपाइ भइसकेको छ ।
निलकण्ठ, धुनिवेशी, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, वेनिघाट रोराङ, गजुरी, थाक्रे, गल्छी लगायतका क्षेत्रहरुमा बर्खे धानको खेती हुँदै आएको छ ।
धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । धादिङमा उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३, खुमल ४, ७, ६ लगायतका धान रोपिंदै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |