वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
काठमाडौ,२६ असार ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने जानकारी दिए ।
राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग(एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव राईले बताए ।
‘उहाँहरूसँग अनौपचारिक छलफल भएको हो । हामीले २ साउनको कार्यसमितिले निर्णय लिन्छ भनेका छौं,’ राईले भने । एन्फा मुख्यालयमा भएको भेटमा एनएसएलतर्फबाट निर्देशक श्रेयन्स कार्की र सिइओ सुदीप शर्माको उपस्थिति थियो । यता, एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) र महासचिव राई थिए ।
गत चैतमै हुनुपर्ने प्रतियोगिता विवादका कारण स्थगित छ । यद्यपि, अघिल्लो कार्यसमितिले प्रतियोगिता २१ भदौदेखि १० कात्तिकसम्म गर्न स्वीकृति दिएको छ । अब, प्रतियोगिता हुने या नहुने अथवा कुन स्तरको हुने यसबारे आगामी बैठकले तय गर्नेछ । जुन बैठक ६ असारमा निर्वाचित पदाधिकारीको दोस्रो हुनेछ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।