नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,१७ असार ।
धादिङको गंगाजमुना गाउँपालिकामा सुरक्षित बैदेशिक रोजगारको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउने उद्धेश्यले निर्वाचित जनप्रतिनिधिहरुसँग सामी परियोजनाको विषयमा छलफल भएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । गंगाजमुना गाउँपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन(सामी) परियोजना अन्तरगत आयोजना गरीएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी परियोजनालाई आन्तरीकरण गरेर जान सकिने बताउनुभयो ।
सामान्य सूचना नपाएर नागरिकहरु ठगीरहेको भन्दै परियोजनाले धेरै राम्रो काम गरेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सामी परियोजना कार्यक्रम अधिकृत कमल बहादुर रोकायले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, धादिङको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दुवाडीले सामी परियोजनाले जिल्लामा गरीरहेको काम, आप्रवासी श्रोत केन्द्रको काम, सामी परियोजनाले गरीरहेको न्याय, सूचना, मनोपरामर्श, सिप लगायतको विषयमा जानकारी गराउनु भएको थियो । साथै यस आर्थिक बर्षमा भएको कार्य विवरण र आगामी आर्थिक बर्षमा गरिने योजनाहरुको बारेमा समेत दुवाडीले जनप्रतिनिधिहरुलाई जानकरी गराउनु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनी, सामी परियोजनाका कार्यक्रम अधिकृत रोकाय, कार्यक्रम संयोजक दुवाडी लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |