Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
२०८३ आश्विन २५, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
ताजा समाचार

एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो

नीलकण्ठ एफ.एम १४०६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो

काठमाडौं, १० असार। 

‘बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक मछिन्द्र फुटबल क्लबलाई लिग जिताउन सफल व्यवस्थापक अनिल श्रेष्ठको ।

सोमबार (६ असार) भएको एन्फाको चुनावी साधारणसभामा सदस्य पदमा पराजित भएसँगै श्रेष्ठले गुनासो पोखेका हुन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ कार्यसमितिको १३ सदस्य भित्र पर्न असफल भए । श्रेष्ठले ३७ भोट पाए ।

१३ सदस्यमध्ये ११ जना निर्वाचित भइसकेका छन् । बाँकी दुई पदमा भने चार सदस्यको बराबर मत (३९) प्राप्त हुँदा एन्फाको आगामी साधारणसभाबाट दुई सदस्य निर्वाचित हुनेछन् ।

चुनावको केही महिना अघिसम्म निर्वाचित पंकजविक्रम नेम्बाङ प्यानल तर्फ देखिएका अनिल कर्माको शक्ति प्रदर्शनमा भने एक्कासि सदस्य पद घोषणासहित प्रस्तुत भए । यससँगै पंकज पक्षले आफ्नो समूहलाई अनिलबाट धोका भएको प्रतिक्रिया दिएको थियो ।

पछिल्लो सहिद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)बीचको विवादपछि अनिल तत्कालीन नेतृत्वसँग नजिकिएका थिए । सुरुवाती आन्दोलनमा ए डिभिजन लिग टिमलाई साथ दिएका अनिल अन्तिम समयमा नेतृत्वलाई सहयोग गर्न पुगेका थिए ।  तर, विपक्षी मानिएका पंकज पक्षले भने चुनावमा अनिलले आफ्नो समूहलाई नै समर्थन गर्ने विश्वास गरेका थिए ।

तर, राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक जिम्मेवारी पाउने आशामा अनिल कर्मापक्षमा खुलेरै लागेका थिए । तर, नतिजा न कर्मा तर्फ रह्यो । न त अनिलको पक्षमा नै आयो ।

त्यसैले चुनावी मतपरिणामको पूर्ण निर्णय नआउँदै बुढानिलकण्ठस्थित पार्क भिलेजमै ‘अफ्द रेकर्ड’ कुराकानीमा अनिलले आफू ‘डुबेको’ प्रतिक्रिया दिएका थिए । उनले एनएसएल विवाद र खेलाडी विवादमा आफू नराम्ररी चिप्लिएको गुनासो गरेका थिए ।

अनिलले सामाजिक संजालमा आफ्नो भनाई राखेसँगै राष्ट्रिय फुटबल टोलीका सदस्य तथा फरवार्ड विमल घर्ती मगरले ठट्यौली शैलीमा ‘हामीलाई त सजिलो थियो भन्नु हुँदै थियो त म्यानेजरज्यु’ भनेर प्रतिक्रिया दिएका छन् ।

एक प्रकारले विमलले त्यो भनाइ, आफु र आफ्नो सहकर्मी साथीविरुद्ध एन्फा नेतृत्व र क्लबले समर्थन नगरेकोमा खिल्ली उठाएका थिए । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँगको विवादका कारण विमल सहित मछिन्द्रका मात्रै चार खेलाडी राष्ट्रिय टिम बाहिर रहेका थिए ।

तिनै चार खेलाडी क्लबमा अनुबन्ध भएसँगै मछिन्द्रले पहिलो पटक सहिद स्मारक ए डिभजिन लिगको उपाधि जितेको थियो । क्लबले २०७६ र २०७८ को लिग उपाधि लगातार जितेको हो ।

यता, कर्मा समूहबाट नै उपाध्यक्षमा पराजित पूर्व खेलाडी उपेन्द्रमान सिंहले अनिलको पोष्टमा ‘नेपालको पोलिटिक्स गर्न राम्रो मान्छेले नसकिने र राजनीति आफैमा फोहोरी खेल’ भएको प्रतिक्रिया दिएका छन् ।

सिंहको कमेन्टमा आयुष घिमिरे नामबाट खेलाडीलाई अन्याय हुँदा खेलाडीको नाताले एक शब्द बोल्नु भयो ? भन्ने प्रश्नमा सिंहले कार्यसमितिमा बोल्ने कि फेसबुकमा बोल्न पर्ने  भनेर उल्टो प्रश्न गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

  • धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

  • धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    नीलकण्ठ एफ.एम.

    स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

    छिटो पहुँच

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    विषयगत क्षेत्रहरू

    • स्थानीय समाचार
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • राजनीति
    • मनोरन्जन
    • अर्थ
    • खेलकुद
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • साहित्य
    • सुचना
    • अन्य

    सम्पर्क जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
    निलकन्ठ नगरपालिका-३, धादिङ्ग
    बागमती प्रदेश, नेपाल

    010521430, 9851120850

    [email protected]

    neelkanthafm.com

    प्रेस काउन्सिल दर्ता न: ......
    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रोसँग जोडिनुहोस्

    ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0