Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

जोशीलाई साफको उपाध्यक्षमा पठाउने एन्फाको निर्णय विवादमा

नीलकण्ठ एफ.एम १०९६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
जोशीलाई साफको उपाध्यक्षमा पठाउने एन्फाको निर्णय विवादमा

काठमाडौं, १० असार । 

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भए ।

सोमबार निर्वाचित पंकज कार्यसमितिले बुधबार सपथ ग्रहणलगत्तै साँझ कार्यसमिति बैठक बस्यो । जसमा समितिले सात बुँदे निर्णय गर्‍याे । तर, पहिलो बैठकमै नयाँ कार्यसमितिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । आफ्नै निर्णयका कारण एन्फा विवादको घेराम फस्न थालेको छ ।

पहिलो बैठकले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को चुनावमा नेपालका तर्फबाट एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई पठाउन गरेको निर्णय कार्यान्वयन नहुने भएको छ ।

साफको विधानअनुसार कंग्रेसभन्दा दुई महिनाअगावै उम्मेदवारी दिइसक्नुपर्ने हुन्छ । उम्मेदवारी फिर्ता लिन जुनसुकै समयमा पनि पाइने व्यवस्था भए पनि उम्मेदवारी दर्ता गराउनका लागि भने दुई महिनाको समयसीमा तोकिएको छ । आगामी  २ जुलाईमा बंगलादेशको ढाकामा हुने साफ कंग्रेसका लागि वैधानिक व्यवस्थाअनुसार समयसीमा घर्किइसकेकाले जोशीको उम्मेदवारी कायम हुने सम्भावना छैन ।

सोमबार भएको साधारणसभामा निर्वाचनमा नेम्वाङ प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका जोशी पराजित भएका थिए । चार उपाध्यक्ष पदमा नेम्वाङ प्यानलबाट दावा लामा, विराटजंग शाही र दीपक खतिवडा तथा शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भएका थिए ।

आफ्नो प्यानलबाट उम्मेदवारी दिएर पराजित भएपछि जोशीलाई क्षतिपूर्तिस्वरुप साफको उपाध्यक्षमा पठाउने प्रयास गरिएको नेतृत्वमाथि आरोप छ । शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिले दुई महिनाअघि नै शेर्पाको नाममा उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको थियो ।

साफको कंग्रेसले एक अध्यक्ष, दुई उपाध्यक्ष, साफलाई प्रतिनिधित्व गर्ने एक एएफसी कार्यसमिति सदस्य, दुई कार्यसमिति सदस्य र एक महिला कार्यसमिति सदस्य गरि सात सदस्यीय कार्यसमितिको चयन गर्नेछ ।

नेम्वाङ नेतृत्वको कार्यसमितिले बुधबारको पहिलो बैठकबाट महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा नवीन पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रक्रिया पूरा नगरिएको बैठकबाट महत्वपूर्ण नियुक्तिहरु गरिएको तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा विधानविपरीत विदेशी नागरिकलाई नियुक्त गरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । हाल जर्मनीमा बसोबास गर्ने काठमाडौं धुम्बराहीका पाँडेले जर्मन नागरिकता लिइसकेका छन्

नवनियुक्त अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेले साफमा नेपाललाई प्रतिनिधित्व गर्दै जोशी जाने कुरामा शंका नगर्न अनुरोध गरे । शेर्पाको नाममा यसअघि दर्ता गराइएको उपाध्यक्षको उम्मेदवारी फिर्ताका लागि साफमा अनुरोध गरिसकेको बताउँदै उनले भने, ‘हामीले पुरानो उम्मेदवारी फिर्ता गर्नका लागि अनुरोध गरेका छौं । पहिला त्यो फिर्ता हुनुपर्छ । त्यसपछि रिक्त रहेको ठाउँमा हामीले अर्को प्रतिनिधि पठाउने हो । कसलाई पठाउने भन्ने संघको अधिकारको विषय हो । त्यसैले एन्फाको निर्णयमा शंका नगर्नुस् ।’

पाँडेका अनुसार शेर्पाको उम्मेदवारी फिर्ता भएपछि रिक्त हुने ठाउँका लागि साफले एन्फालाई नाम पठाउन आह्वान गर्छ । त्यसपछि जोशीको नाम पठाइन्छ र उनी साफको अर्को कंग्रेसबाट उपाध्यक्ष चुनिन्छन् ।

साफको विधानअनुसार कुनै पनि सदस्य देशले एउटा पदमा एक जनाभन्दा बढीको उम्मेदवारी दर्ता गराउन पाउँदैन । त्यसो गरेमा स्वत: सबै उम्मेदवारी खारेज हुन्छ । यसैगरी सात सदस्यीय साफ कार्यसमितिमा सबै देशको प्रतिनिधित्व ग्यारेन्टी गर्नका लागि विधानमै एक देशबाट एक जनामात्र हुन पाउने व्यवस्था गरिएको छ ।

साफको सदस्यमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी सात देश छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

  • लायन्स क्लब अफ धादिङ नीलकण्ठको ‘एक लायन, एक बिरुवा’ अभियान

    लायन्स क्लब अफ धादिङ नीलकण्ठको ‘एक लायन, एक बिरुवा’ अभियान

  • मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

    मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

  • मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

    मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

  • समाचार
    महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    लायन्स क्लब अफ धादिङ नीलकण्ठको ‘एक लायन, एक बिरुवा’ अभियान

    लायन्स क्लब अफ धादिङ नीलकण्ठको ‘एक लायन, एक बिरुवा’ अभियान

    मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

    मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

    मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

    मानव बस्तीमा बाघ(चितुवाको आतङ्क: चितवनमा क्यामरा र खोर राखेर अनुगमन सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0