नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, ९ असार।
अपन राधेमाई युवा क्लबले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ ।
बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो । शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको बसीसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए ।
अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायो । ओसिसले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १०० रनको योगफल खडा गर्यो । ओसिसका सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले १ विकेट झारे ।
आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य भेटायो । आस्थाका सौजन घिमिरेले ९ बलमा २ छक्का मद्दतमा २१ रन बटुले । ओसिसका बीके शर्माको नाममा ३ विकेट रह्यो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |