काठमाडौं, ४ असार
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुन: सडक अवरुद्ध बनेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |