काठमाडौं, २ असार
आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |