धादिङ,३१ जेठ।
नागढुंगा सुरुङमार्ग नजिकै मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ८२ प ५६४५ नम्बरको मोटरसाईकलमा सवार धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ का ४३ बर्षिया यामबहादुर मगर रहेका छन् । दुर्घटनामा निलकण्ठ नगरपालिका वडा नम्बर ८ का २३ बर्षिया गणेश श्रेष्ठ घाईते भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
मंगलबार दिउँसो काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको मालबाहक ट्रक ब्याक भएर काठमाडौँनै जाँदै गरेको बा ३ क ३४०४ नम्बरको आइचरलाई ठक्कर दिएको र आइचरले काठमाडौँ तर्फ नै जाँदै गरेको बा. प्र. ०३–००१ ख ०४३८ नम्बरको ट्याङकीलाई ठक्कर दिएको थियो ।सोही क्रममा मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |