काठमाडौं, ३१ जेठ ।
सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् ।
मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ ।
किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |