Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

धादिङमा पहिलोपटक सहकारी सम्मेलन,सहकारीलाई नीति, बिधि र उच्च तहको प्रबिधि अवलम्वन गर्ने प्रतिबद्धता

नीलकण्ठ एफ.एम २२४९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (४ साल अघि)
धादिङमा पहिलोपटक सहकारी सम्मेलन,सहकारीलाई नीति, बिधि र उच्च तहको प्रबिधि अवलम्वन गर्ने प्रतिबद्धता

धादिङ,१५ जेठ ।
धादिङबेशीमा जिल्ला स्तरीय सहकारी सम्मेलन सम्पन्न भएको छ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा आईतबार जिल्लामै पहिलोपटक जिल्ला स्तरीय सहकारी सम्मेलन सम्पन्न भएको हो ।

देश विकासको लागि सहकारीको यात्रा आर्थिक, सामाजिक विकास र गुणात्मक सुधारमा केन्द्रित हुनुपर्ने भन्दै आयोजना गरिएको सम्मेलनमा नगरपालिका संघका महासचिव तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुगांनाको प्रमुख आतिथ्यता रहेको थियो।

जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुको बिचमा सहकारी संचालनको आधारभुत साझा धारणा बिकास गर्न, सहकारीका अवसरहरुको पहिचान गर्न सहयोग गर्ने र सम्भावित चुनौतीहरुको सामना गर्ने शक्ति विकास गर्न, प्रचलित कानुनको समिक्षा गरी सहकारी मैत्रि कानुन निर्माण,कार्यान्वयन र सहकारीलाई मर्यादित र प्रविधि मैत्रि बनाउन सहयोग पु¥याउने उद्धेश्यले सहकारी सम्मेलनको आयोजना गरिएको धादिङ बचत तथा ऋण सहकारी संघले जनाएको छ ।

कार्यक्रममा दिगो बिकास लक्ष्य प्राप्तीमा सहकारीको योगदान, भुमिका र जिम्मेवारीको बिषयमा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालय बागमती प्रदेशका सचिव बलराम निरौलाले सहकारी संचालनका नितिगत सवालहरु र नियामक निकायको भुमिका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

बर्तमान अवस्थामा सहकारी संस्था संचालनका अवसर र चुनौतीहरुको बिषयमा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा नव निर्वाचित स्थानिय सरकारका प्रमुख उप प्रमुख तथा जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

जिल्लाका सबै प्रकृतिका सहकारीमा आवद्ध अध्यक्ष र व्यवस्थापकहरु सहभागि भएको सम्मेलनमा सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तराष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

जिल्लाको दुईसय भन्दा बढी सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागीता रहेको उक्त सम्मेलनले जिल्ला सहकारी अभियानको साझा साधारणा तय गरेको धादिङ बचत तथा ऋण सहकारी संघले जनाएको छ । सम्मेलनले बिभिन्न १२ बुँदे घोषणापत्र जारी गरेको छ ।

जसअन्तरगत सहकारी क्षेत्रलाई नीति, बिधि र उच्च तहको प्रबिधि अवलम्वन गर्ने, संघ, सहकारी संस्था र स्थानिय सरकारबिच अन्तरसम्बन्ध विकास गरी समुन्नत समाज निर्माणमा सहयोग, संस्थामा विकास बित्तिय व्यवस्थापन एवम सुशासनलाई प्रभावकारी कार्यान्वयन गराउने लगाएतका बिभिन्न १२ बुँदे घोषणा उल्लेख गरिएको छ । हाल धादिङ जिल्ला बचत संघमा ६८ वटा सहकारी आवद्ध रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0