नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाडौं, ३ जेठ।
पाँख खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ । जितसँगै पाँच खेलको श्रृंखलामा युगान्डाले २-० अग्रता बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले निर्धारित ओभरको एक बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्यो । युगान्डाको जितमा रिता मोसामालीले सर्वाधिक ३० रन बनाइन् । उनले ३४ बलमा तीन चौका प्रहार गरिन् । यस्तै, फ्यांक्लिन नाज्जुम्बाले १९ रन बनाउँदा जनेत एम्बाबाजीले १६ रन बनाइन् ।
नेपालकी कविता कुँवर र सबनम राईले समान दुई विकेट लिए । यसबाहेक, सीता रानामगर र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो ।
नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुवीना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन् । युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए ।
नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० श्रृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |