धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,३१ बैशाख ।
स्थानिय तहको हिजो भएको निर्वाचनमा अन्य जिल्लामा जस्तै धादिङ जिल्लाको स्थानिय तहहरुको मत गणना सुरु भएको छ ।
जिल्लामा हाल सम्म गल्छि,बेनिघाट रोराङ, र रुविभ्यालीको अपडेट सार्वजनिक भएको छ ।
गल्छी गाउपालिकाको यस्तो हाल सम्मको मत गणनाको अवस्था
गल्छी गाउपालिकाको प्रमुख पदमा हाल सम्मको मतगणनामा नेकपा एमालेका केदारनाथ खतिवडा अग्रस्थानमा रहेका छन् । उनले ८७६ मत पाएका छन् भने गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजबादीका कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।
त्यसै गरि उप प्रमुखमा गठबन्धन नेपाली काग्रेसका भाईकाजि तिवारी अग्रस्थानमा रहेका छन् । उनले ७२७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उप प्रमुख पदका उम्मेदवार राधा लामिछानेले ६६६ मत हासिल गरेकी छिन ।
वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ७४२ मत ल्याएर अग्रस्थानमा रहेका छन । गठबन्धनका उम्मेदवारले ६६३ मत ल्याएका छन् ।
बेनिघाट रोराङ गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था बेनिघाट रोराङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवि सिलवालले अग्रस्थानमा रहेका छन् उनले १९३ मत ल्याएका छन् । नेकपा एमाललेका उम्मेदवार देवि प्रसाद त्रिपाठीले १२९ र माओवादी केन्द्रका कृष्ण बहादुर थपलियाले १४७ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली काग्रेसका शुशिला मगरले १५५,नेकपा एमालेका हिरादेवी रेग्मीले ११४ र एकिकृत समाजबादिका टाप बहादुर श्रेष्ठले २६ मत ल्याएका छन् ।
रुविभ्याली गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था रुविभ्याली गाउपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार र राप्रपाको उम्मेदवारको बराबरी मत आएको छ । एक सय मत गन्दा दुवैको ४२ मत आएको हो । उपाध्यक्षमा गठबन्धनका फे लामा तामाङको ४५ र राप्रपाका उम्मेदवारको ३२ मत आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |