धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाडौं, २५ वैशाख ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।
निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ ।
निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत रहन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा संक्रमण बढ्दै जाँदा नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन मन्त्रालयले सबैमा अनुरोध गरेको हो ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ । त्यस्तै उत्तरी छिमेकी देश चीनमा समेत कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सबैले सचेतना अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बताइन् ।
स्थानीय तह निर्वाचनका लागि भीडभाड बढी हुने भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र चुनावी गतिविधि गर्न आग्रह गरिन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |