वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नारायणगढ (चितवन), ११ असोजः चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेलापरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक एवं प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।
गत असार साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चासहित माउ चितुवा देखिएको थियो । त्यसपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रको पहलमा एउटा बच्चा भाले चितुवा नियन्त्रणमा लिएर अहिले संरक्षण केन्द्रमा राखिएको छ ।
गत असारदेखि विशेषगरी भरतपुर महानगरपालिका–१५ र ५ नम्बर वडामा चितुवाको चहलपहल बढेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्ममा चितुवा देखिएपछि डिभिजन वन कार्यालयले नियन्त्रणका लागि सक्रियता बढाएको थियो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि दिउँसो ड्रोन उडाउने, सिसी क्यामेरा जडान गर्ने, खोर (केज) ट्रयापिङ तथा खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गर्ने गरिएको छ । यस क्रममा दुईवटा बच्चामध्ये एउटालाई रामपुर नजिकैको झाडीबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा देखिँदै आएको थियो । आज मृत फेलापरेको चितुवा यसै समूहको बच्चा हुनसक्ने सम्भावना रहेको डा सडौलाले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |