वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२५ बैशाख
स्थानीयत तहको निर्वाचन आउन अब पाँच दिन मात्र बाँकि रहेको छ ।
दलहरु मतदातासँग भेटघाट गर्न र मत माग्नको लागि व्यस्त छन् । यसैबिच सिद्धलेक गाउँपालिकामा पनि मतदाता भेटघाटलाई नेकपा एमालेले तिब्र बनाएको छ । गठबन्धन दलहरु पनि मतदाता भेटघाटमा सिद्धलेकमा व्यस्त छन् । नेकपा एमालेले राष्ट्रिय कलाकारहरु ल्याएर गाउँगाउँमा सांस्कृतिक कार्यक्रम सहित चुनावी अभियानलाई आक्रामक बनाएको छ ।
पहिलो पाँच बर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको भन्दै आगामी कार्यकालमा पनि अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा(अधिकारी)को विकल्प नभएको युवा संघ धादिङका अध्यक्ष कमल सिलवालले बताउनुभयो ।
पाँच बर्ष भित्रमा सिद्धलेक गाउँपालिमा राम्रो काम भएको र अहिलेको अधुरा काम पुरा गर्नका लागि पनि प्रेमनाथ सिलवालको विकल्प नभएको एमाले सिद्धलेक गाउँ कमिटि सचिव रामहरी बराकोटीले बताउनुभयो । जनतासँग भिजेको र विकास गर्ने सोच भएका व्यक्ति सिलवाल भएको भन्दै उहाँले सिद्धलेकको विकासको लागि अहिलेकै टिमनै आउनुपर्ने बताउनुभयो ।
अध्यक्ष पदका प्रत्यासी सिलवालले भन्नुभयो,“पाँच बर्षको अवधिमा १० वटा बोरिङ लगायत अन्य खानेपानी आयोजनाबाट ७५ प्रतिशत खानेपानीको काम सम्पन्न गरेको छु,गाउँपालिकाको तिन वटा मुख्य सडकहरु पिच गर्ने कार्य सुरु भएको छ । गाउँपालिकाको भवन, वडा कार्यालय भवन, स्वास्थ्य चौकी भनव निर्माणको काम सकिएको र विद्यालयको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।”
कृषकहरुलाइ हाते ट्याक्टर वितरण गरिएको, नाप तौल काँटा वितरण, विउबिजनमा अनुदान दिएको, सुत्केरी भेटघाट, जेष्ठ नागरिक स्याहार कार्यक्रम, बिपन्न नागरिकहरुलाई आर्थिक सहयोग लगायत सिद्धबाबा मन्दिरलाई पर्यटकीय क्षेत्र निर्माणको लागि डिपिआर निर्माण लगायतको काम सुरु भएको भन्दै अधुरा काम सम्पन्न गर्नको लागि पनि सिद्धलेकमा आफुले जित्नै पर्ने बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |