धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
लण्डन, १८ वैशाख
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ ।
संघको शनिबारको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडाैंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।
सम्मेलनमा विदेशमा रहेका विभिन्न रिचर्स सेन्टर र विश्वविद्यालयमा कार्यरत नेपाल तथा विदेश विज्ञको सहभागिता रहनेछ । सम्मेलन सम्पन्न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको छ ।
सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ ।
बैठक संघका उपाध्यक्ष शर्माको संयोजकत्वमा गठित समितिले प्रस्तुत गरेेकाे बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ । बैठकले सबै क्षेत्रीय संयोजलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ ।
बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिलाई १५ दिनभित्र शुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले १५ सदस्सीय विधान समितिको प्रस्ताव गरेको छ । सो समितिको संयोजकमा शर्मा र सदस्य सचिव गंगाधार गौतमलाई चयन गरेको छ।
बैठकले संघका महिला पदाधिकारीको उम्मेदवारी शुल्क आगामी कार्यकालदेखि ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।
बैठकले नेपालमा हुने राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको सहभागीतालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले हाल संघमा रहेको ४ करोड रुपैयाँको वैदेशिक रोजगारी कोषलाई विस्तार गर्ने निर्णय गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |