काठमाडौं, १७ चैत
प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा तुलेलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका तुलेले सामान्य विवादमा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |