धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौं, १६ वैशाख
विभिन्न प्रश्न र प्रतियोगिताको अस्तित्वकाबीच रोकिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ मिति तोकेको छ ।
एन्फाले बिहीबार चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् म्यानेजमेन्टलाई पत्र काट्दै १५ भदौदेखि २५ असोज सम्मका लागि नयाँ मिति दिएको हो । तर, आयोजकले यस समयमा अत्याधिक वर्षा हुने कारण देखाउँदै पूर्व निर्धारित समयमै प्रतियोगिता गर्न दिन आग्रह गरेको छ ।
‘हामीलाई एन्फाले हिजो (बिहीबार) नयाँ मिति दिएको छ । तर, त्यो समयमा अत्याधिक वर्षा हुने हुँदा पूर्व निर्धारित समय नै माग गरेका छौं,’ एनएसएल स्रोतले भन्यो । यसअघि आयोजकले २५ भदौदेखि ५ कात्तिकसम्म प्रतियागिताको लागि स्वीकृत मागेको थियो ।
एन्फा महासविच इन्द्रमान तुलाधरले प्रतियोगिताको लागि नयाँ मिति स्वीकृत गरेको बताए । एन्फाका तर्फबाट तुलाधरले पत्रका हस्ताक्षर गरेका छन् ।
पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको एनएसएल दोस्रो संस्करण भने विभिन्न विवादपछि स्थगित भएको थियो ।
एनएसएल सहभागी १० क्लबले ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई नियमविपरीत मार्की खेलाडी घोषणा गर्नु र एन्फाले अक्सनसमेत रोक्न आग्रह गर्दा नरोकिएपछि प्रतियोगिता स्थगितसम्म पुगेको थियो ।
यसपछि ए डिभिजन खेल्ने चार क्लबले एनएसएल प्रतियोगिताको आयोजना र अस्तित्वका विषयमा प्रश्न उठाएपछि विवाद सतहमा आएको थियो । र एनएसएस स्थगित भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |