ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,११ बैशाख ।
नेकपा एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुख, उपप्रमुख सहित सवै उमेदवारले आज मनोनयन दर्ता गराएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल उप–प्रमुखमा कमला शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।
बुङचुङबाट बाजागाजा सहित हजारौंको संख्यामा उपस्थित कार्यकर्ताहरुको र्याली सहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।यसैगरि सिद्धलेक गाउँ संठगन कमिटिको निर्णय अनुसार सूर्य ध्वजाबहाक वडा अध्यक्षका उम्मेदवारहरु र वडा सदस्यहरुले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउने वडा अध्यक्षहरुमा वडा नम्बर १ मा इश्वर सिलवाल, वडा नम्बर २ मा कमल गुरुङ, वडा नम्बर ३ मा देव बहादुर पुलामी, वडा नम्बर ४ मा झक बहादुर थापा मगर, वडा नम्बर ५ मा गोपाल गुरुङ, वडा नम्बर ६ सुरेन्द्र थापा मगर, वडा नम्बर ७ मा लक्ष्मण खतिवडालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गाउँ पार्टी कमिटिले यस अघिनै सर्वसम्मत रुपमा सवै उमेद्धारको टुंगो लगाएको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |