तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,११ बैशाख ।
नेकपा एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुख, उपप्रमुख सहित सवै उमेदवारले आज मनोनयन दर्ता गराएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल उप–प्रमुखमा कमला शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।
बुङचुङबाट बाजागाजा सहित हजारौंको संख्यामा उपस्थित कार्यकर्ताहरुको र्याली सहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।यसैगरि सिद्धलेक गाउँ संठगन कमिटिको निर्णय अनुसार सूर्य ध्वजाबहाक वडा अध्यक्षका उम्मेदवारहरु र वडा सदस्यहरुले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउने वडा अध्यक्षहरुमा वडा नम्बर १ मा इश्वर सिलवाल, वडा नम्बर २ मा कमल गुरुङ, वडा नम्बर ३ मा देव बहादुर पुलामी, वडा नम्बर ४ मा झक बहादुर थापा मगर, वडा नम्बर ५ मा गोपाल गुरुङ, वडा नम्बर ६ सुरेन्द्र थापा मगर, वडा नम्बर ७ मा लक्ष्मण खतिवडालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गाउँ पार्टी कमिटिले यस अघिनै सर्वसम्मत रुपमा सवै उमेद्धारको टुंगो लगाएको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |