धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ, फागुन २५ गते ।
धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा युवालाई लक्षित गरी वारिष्टा तालिम सुरु गरिएको छ। नीलकण्ठ–८ स्थित अन्नत आशा नेपालद्वारा सञ्चालित आरोहण शिक्षालयमा ३९० घण्टा कार्यअवधिको उक्त तालिम सञ्चालन गरिएको हो।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय गजुरी, धादिङको आयोजनामा सुरु गरिएको तालिम उद्घाटन समारोहमार्फत आइतबार औपचारिक रूपमा संचालन गरिएको हो।
“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित बागमती प्रदेशका युवाहरूलाई लक्षित गरी तालिम सुरु गरिएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा सिद्धिविनायक टेक्निकल इन्स्टिच्युट प्रा.लि.का अध्यक्ष केदार बास्तोला तथा कार्यक्रम संयोजक शोभा डंगोललगायतको उपस्थिति रहेको थियो।
तालिम सिद्धिविनायक टेक्निकल इन्स्टिच्युट प्रा.लि., कावासोती–३, नवलपुरले सञ्चालन गर्नेछ। ३९० घण्टासम्म चल्ने तालिममा सहभागी युवाहरूले कफी बनाउने सीपका साथै क्याफे सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्नेछन्। तालिममा २० जना युवाको सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा प्रज्ज्वल कोइराला रहनुभएको छ ।
नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले यस्ता सीपमूलक तालिमले युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार तालिमले युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्नुका साथै व्यवसायिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |