Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

“तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

१६६५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १७, आईतबार (१ घण्टा अघि)
“तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

धादिङबेसी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी धादिङले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। पार्टीको जिल्ला निर्वाचन परिचालन समिति, धादिङले जारी गरेको प्रतिज्ञापत्रमा राष्ट्रिय स्वाधीनता, जनताको सर्वोच्चता, आत्मनिर्भर अर्थतन्त्र र वैज्ञानिक समाजवादलाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको छ।

प्रतिज्ञापत्रमा संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी गर्न विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन तथा शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।   पार्टीले विश्व शक्ति राष्ट्रहरूबीच बढ्दो प्रतिस्पर्धाले नेपालजस्तो साना राष्ट्रको स्वाधीनतामा चुनौती थपिएको उल्लेख गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राख्ने नीति लिने जनाएको छ। नेपालको भूमि कुनै पनि विदेशी शक्ति विरुद्ध प्रयोग हुन नदिन कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने प्रतिज्ञापत्रमा उल्लेख छ।

पार्टीले राज्यसत्ताका तीनै अङ्ग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा जनताको प्रत्यक्ष निगरानी, हस्तक्षेप र नियन्त्रण सुनिश्चित गर्ने नीति लिने जनाएको छ। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता पनि गरिएको छ।

प्रतिज्ञापत्रमा कृषि आधुनिकीकरण, जलविद्युत तथा ऊर्जा विकास, पर्यटन प्रवर्द्धन, पूर्वाधार विस्तार र उद्योग स्थापना मार्फत रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ। कृषि उत्पादनमा न्यूनतम अनुदान, जैविक मलको प्रवर्द्धन, कर प्रणाली सरल बनाउने तथा राजस्व संकलन पारदर्शी बनाउने विषय पनि समेटिएका छन्।

पार्टीले सामाजिक सञ्जाल र डिजिटल एल्गोरिदमले जनचेतनामा पार्ने प्रभावबारे चिन्ता व्यक्त गर्दै नागरिकको स्वनिर्णय क्षमताको विकास आवश्यक रहेको उल्लेख गरेको छ। डिजिटल माध्यमको दुरुपयोगबाट समाजलाई जोगाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

धादिङ जिल्लामा युवाको वैदेशिक पलायन, कृषि संकट, पूर्वाधार असमानता र सामाजिक न्यायका सवाललाई मुख्य समस्या ठहर गर्दै समाधानका लागि युवा उद्यमशीलता, कृषि आधुनिकीकरण, पर्यटन विकास, शिक्षा–स्वास्थ्य सुधार र सुशासनलाई प्राथमिकतामा राखिएको छ।

यस निर्वाचनमा पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट राजेन्द्र प्रसाद पाण्डे, क्षेत्र नम्बर २ बाट रामबहादुर भण्डारी र समानुपातिकतर्फ इन्दिरा ढुङ्गानालाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीले “तारा” चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीले “सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी” भन्ने नारासहित यो निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।

 हेर्नुहोस, नेपाली कम्युनिस्ट पार्टी जिल्ला निर्वाचन परिचालन समितिद्धारा प्रकाशन गरिएको प्रतिज्ञा पत्र को पुर्ण पाठ   
आदरणीय जिल्लावासी बुबा आमा, दिदी बहिनी, दाजु भाइहरु
 हार्दिक न्यानो नमस्कार छ ।
         संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक सहित तीन तहको सरकार सहितको  संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी गर्न विभिन्न कालखण्डमा भएको सशस्त्र संघर्ष/जनयुद्ध, शान्तिपूर्ण आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ती महान् सहिदहरुले देखाएको बाटोमा निरन्तर लागि रहने र सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । आम जनताले  निरंकुश शासनको विरुद्ध गरेको त्याग सहयोगप्रति धन्यवाद दिंदै आगामी दिनहरूमा निरन्तर सहयोग पाइरहने बिश्वास व्यक्त गर्दछौं । सबै घाइते बेपत्ता महान् योद्धाहरुप्रति सम्मान र घाइते अपाङ्गहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
आगामी फागनु २१ गते प्रतिनिधि सभा सदस्यका लागि देश भर निर्वाचन हुँदैछ । यो निर्वाचन नियमित र आवधिक निर्वाचन नभई एक विशिष्ट परिघटनाबाट निर्देशित निर्वाचन हो । तसर्थ यो निर्वाचनको विशेष महत्व छ । यो निर्वाचनको परिणामले राष्ट्रले अग्रगमनको मार्ग अवलम्बन गर्दैछ या पश्चगमनको मार्ग अवलम्वन गर्दैछ भन्ने निधो गर्नेछ । तसर्थ तपाई सबै  मतदाताहरुमा यो पटक गरिने मतदानप्रति गम्भिरतापूर्वक सोच्न र राष्ट्रि राष्ट्रियता र देशको सार्वभौमिकता रक्षाका लागि देशभक्त क्रान्तिकारी नेपाली कम्युनिष्ट पार्टी रोज्न र पार्टीको चुनाव चिन्ह तारामा मतदान गर्न हार्दिक अनुरोध गर्दछौं ।
“तारा चिन्ह” मा नै मतदान किन दिने ?    
१. राष्ट्रिय स्वाधिनताको रक्षाका लागिः 
क) अहिले विश्वका शक्तिशाली दुई देश चीन र संयुक्त राज्य अमेरिका बिच तीब्र प्रतिस्पर्धा, खिचातानी भईरहेको छ । अन्ततः कुनै पनि समय युद्ध हुने हो कि भन्ने सम्भावना देखिन्छ । वर्तमान सुशीला कार्की सरकारले २०८२ माघ १५ गते (२९ जनावरी सन २०२६) चीन विरोधी र स्वतन्त्र तिब्बत पक्षधर दलाईलामा पक्षधरका नेतालाई नेपालको विमानस्थलमा स्वागत गरी चीन  बिरोधी गतिविधि गरेको हुँदा एक चिनिया लेखकले -Dragon Media) २०८२ माघ १८ गते एक लेख मार्फत नेपाललाई भनेको छ “चीनको  धैर्य  समाप्त भएको छ, मित्रता रोज्नुस् र सम्मान पूर्बक बाँच्नुस् वा कपट रोज्नुस् र इतिहास निदृष्ट परिणाम भोग्नुहोस्  तेस्रो  विकल्प  छैन ।” यसै गरी राजनीतिक दलका नेताहरूलाई, नेपाली सेना र सेना प्रमुखलाई, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई र नेपालका खुफिया एजेन्सीहरूलाई चीन विरुद्ध गतिविधि नेपालको भूमिबाट अब अन्त्य हुनुपर्छ भनेको कुरा गम्भीरतापूर्वक सोच्न अनुरोध गर्दछौं । अन्यथा नेपाल युक्रेन बन्ने खतरा देखिन्छ । यो हाम्रो राष्ट्रिय स्वाधिनताका लागि गम्भिर चुनौति हो । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय स्वाधिनताका लागि प्रतिवद्ध पार्टी हो ।
ख) नेपालको अहिलेसम्मकै इतिहास हेर्दा देशभक्त, राष्ट्रवादी, राष्ट्रिय स्वाभिमान तथा क्रान्तिकारी विचार प्रवृत्ति अर्थात राष्ट्रिय स्वाधीनताका पक्षधर र राष्ट्रघाती राष्ट्रिय आत्मसमर्पणवादी विदेशी दलाल, दास विचार प्रवृत्ति पक्षधर बिचमा निरन्तर संघर्ष जारी छ । र देशभक्तहरुले उनीहरुलाई रुपान्तरणमा ल्याउन निरन्तर प्रयत्न गरिरहेको छ । यो प्रक्रिया देश भित्र र वाहिरका अदृश्य शक्तिहरुको मिलीभगतमा निर्माण गरिएको दलाल राष्ट्रघाति, देशद्रोहीहरु र क्रान्तिकारी देशभक्तहरुबीच निरन्तर जारी छ । तसर्थ सबै देशभक्तहरु राष्ट्रबादीहरु क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भईरहेका छन् त्यसलाई संयोजक क.प्रचण्ड र सह–माधव नेपालले नेतृत्व गरिरहेका छन्
ग) जब हरेक नागरिकमा राष्ट्रबादी देशभक्ति भावना विचार आफ्नो अन्तरहृृदयबाट उत्पन हुन सक्तैन तब त्यस देशको स्वाधीनताको रक्षा हुन सक्दैन । साथै राष्ट्रिय पूँजी एवम् त्यस देशको समग्र आर्थिक उत्पादन बृद्धि गरी समृद्ध बिकास गर्न सम्भब हुन सक्तैन आर्थिक वृद्धिको अभावमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कठिन हुन्छ । यो अर्थ राजनीतिक देृष्टिकोणलाई पनि हामीले गहिरोसँग आत्मसात गर्न सक्नुपर्दछ ।
२. राज्यसत्तामा “जनताको सर्वोच्चता” कायम गर्नको लागिः 
क) कुनै पनि राज्यसत्ताका तीन अङ्ग कार्यपालिका, ब्यबस्थापिका, न्यायपालिका र संबैधानिक निकायहरू लगायतमा जनताको अधिनस्थमा रुपान्तरण गर्न सक्नु पर्दछ । तब मात्र जनताको हितमा काम गर्न सक्छ । केबल जनताको मतदानबाट आवधिक निर्वाचत जनप्रतिनिधिहरु स्थानीय तह, प्रदेश, संघीय सांसदहरू र प्रधानमन्त्री, मन्त्रीहरूले आम जनताको चाहना अनुसार चाहेर पनि काम गर्न सक्तैन भन्ने कुरा जग जाहेर नै छ । भ्रष्टाचारीलाई कारवाही गरी सुशासनको लागि– सरकार अगाडी बढ्दा सकार गिरेको परिघटना र सोही जायज मागको आन्दोलनमा अदृष्य शक्तिको निर्देशनमा भाद्र २३ र २४ गते देशमा विध्वंस मच्चाउँने काम भएको हामी सबैलाई थाहा छ । अहिले विदेशीको निर्देशनमा पाकिस्तानी मोडेलको संसदीय निर्वाचन गर्ने षडयन्त्र भईरहेको आभाष छ । वर्तमान सरकार अदृश्य शक्तिको निर्देशनमा निर्माण सरकार हो । यस सरकारले गर्न खोजेको चुनाव मुख्यतः सेनाको माताहतमा चुनाव हुँदैछ । यो चुनाव धाँधलीरहित, निश्पक्ष भयरहित वातावरणमा सम्पन्न हुने हो या होईन शङ्का छ । नेपाली कम्युनिस्ट पार्टीले सडक, सदन र सरकारका यी तीन मोर्चाबाट संघर्ष गरी जनताको सर्वोच्चता, राज्य, राज्यसत्तामा जनताको निगरानी, हस्तक्षेप र नियन्त्रण गर्ने नीति अख्तियार गर्नेछ । राज्यशत्तामा जनताको सर्वोच्चताको अभावमा लोकतन्त्र टिकाउ हुन सक्दैन ।
३. आत्म– निर्भर, राष्ट्रिय पुँजीको आधार विकास गरी रोजगारी बृद्धि र समृद्ध नेपाल निर्माणका लागिः
क) आजको साम्राज्यवादी वित्तीय पूँजीवादको वर्चस्व रहेको भूमण्डलीकृत विश्व व्यबस्थामा स–साना देशहरूले आधारभूत आत्म–निर्भर, राष्ट्रिय पूँजीको विकास गर्ने अवसर पाएका छैनन् यसका लागि नयाँ सैद्धान्तिक तथा आर्थिक कार्यक्रमको विकास गर्न जरुरी छ । तव मात्र देशलाई समृद्ध बनाउन सकिन्छ । हाम्रो देशको आत्म– निर्भर, अन्तर निर्भर, राष्ट्रिय पूँजिको विकास गर्ने अवसर पाएका छैनन् यसका लागि नयाँ सैद्धान्तिक तता आर्थिक कार्यक्रमको विकास गर्न जरुरी छ । आर्थिक आधारहरु जमिन, कृषि, वन, जलस्रोत, पर्यटन जडिबुटीमा खनिज पदार्थ लगायत आर्थिक उत्पादनका आधारभूत साधनहरुको सही रूपबाट उत्पादन शुरु गरी प्रयोगमा ल्याउन योजना निमार्ण गरी अघि बढ्नुु पर्दछ । आफ्नो उत्पादन विना देशको आर्थिक समृद्धि गर्न र रोजगारीको सिर्जना गर्न सकिन्न तसर्थ उत्पादन वृद्धि गर्न लगानी र सुरक्षाको सुनिश्चित सरकारले गर्नु पर्दछ । आर्थिक कर प्रणालीलाई सरल सहज बनाइ सरकारी कोषमा राजस्व वृद्धिको नीति बनाउनु पर्छ । बाणिज्य पुँजी र वित्तीय पूँजिले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा उत्पादन वृद्धि गर्न स्वदेश र विदेशबाट आर्थिक सहयोग जुटाई उत्पादनको लागि ठूला–ठुला उद्योगहरु स्थापनाको वातावरण बनाउनुपर्छ यतिखेर उत्पादनमा लगानी गर्न सुरक्षाको प्रत्याभूतिको वातावरण छैन । देशको आय–स्रोत विप्रेषण (रेमिटेन्स), ऋण/अनुदान, कर र स्वदेशमा उत्पादनका वस्तु निर्यातबाट राज्यको आयस्रोत प्राप्त हुने भएको देखिन्छ । कर प्रणालीको बेथितिलाई अन्त्य गरी राजस्व सही रुपबाट संकलन गर्ने, तर्फ ध्यान दिनु पर्ने देखिन्छ ।
ख) हाम्रो पार्टी यही अर्थ राजनीतिक आधारमा टेकेर अगाडि बढ्नेछ र निम्न नितीहरु रहनेछ ।
I) कृषि तथा ग्रामिण अर्थतन्त्रको रुपान्तरण ।
II) युवा रोजगारी र उद्यमशीलताको निर्माण ।
III) पूर्वाधार विकास ।
IV) जलविद्युत र उर्जा
V) पर्यटन विकास
VI) सामाजिक न्याय र समावेशी विकास
VII) वातावरण र विपद् व्यवस्थापन
VIII) शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार
IX) सुशासन र पारदर्शिता कायम ।
      उपरोक्त निती कार्यान्वयन गर्दै सामाजिक र न्याय रोजगारी कृषि आधुनिकीकरण र दिगो पूर्वाधार मार्फत् समृद्ध आत्मनिर्भर र समावेशी धादिङ निर्माण हाम्रो दृष्टि (Vision) हुनेछ ।
४. सामाजिक साँस्कृतिक रुपबाट देशभक्त रास्ट्रबादी भावना, चेतना, बिचार तथा आचरण आ–आफ्नो अन्तर हृदयबाट जागृत गराई जनसमाज निर्माणका लागिः  
क) हरेक ब्यक्ति र  हरेक परिवार नै  जनसमाज सिर्जनाको आधारभूत तह हो भने हरेक जनसमाज नै आधुनिक राज्य, राज्यसत्ता सिर्जनाको आधारभूत तह हो । व्यक्ति, घर परिवार, सामाज  मिलेर नै राज्य राज्यसत्ता सिर्जना हुने हुदाँ “जनसमाज “अर्थात् “जनता नै इतिहासका निर्माता हुन्” भन्ने मान्यता मुख्य हो भनेर सबैले बुझ्नुपर्छ । हरेक नागरिकले गर्ने हरेक क्रियाकलापको आधारबाट नै सामाजिक साँस्कृतिक असल वा खराब आचरणको मूल्य, मान्यता निमार्ण हुने गर्दछ ।
ख) जनता विबेकी र बस्तुगत तर्क सहितको प्रस्तावहरूप्रति बहस गर्नुको सट्टा हो वा होइन, भन्ने कुरा नबुझि छिटो भन्दा छिटो प्रतिक्रिया दिन्छन् । वैैज्ञानिक काम कठिन तथा जटिल हुन्छ र सच्याइले असहज पैदा गर्छ जसले विज्ञान विरोधी कुरा गर्छ उही ज्यादा लोकप्रियबादी हुने गर्दछ । हरेक जनसमाजलाई विशषेज्ञ, इतिहासकार वैज्ञानिक, शिक्षक र समाजसेवीहरू धेरै भन्दा धेरै चाहिने हुँदा अहिलेको समाजको सबै खाले पुस्ताहरू उत्पादन तथा बिकास गर्न योजनाबद्ध रुपबाट लाग्नु पर्दछ । तर आजको डिजिटल उन्माद (उत्तेजनात्मक) युगमा अहिलेको पुस्ताहरु इन्टरनेटर, कथाकार, हास्य व्यङ्यकार, खलनायक र प्रोभोकेटर (उत्येजक) आदिलाई मनपराउछन किन भने ज्ञान भन्दा भावना मनोरञ्जन मानिसलाई बढी रुचिकर हुने गर्दछ ।
ग) जन समाजको हरेक सदस्यले हरेक असल काम सिक्ने कोशिस गरेको खण्डमा जटिलता दुस्मन होइन जनसमाजमा देखा पर्ने कुनै पनि जटिलताहरु, समस्याहरु, मानवीय जीवनका स्वभाविक रुप भएको हुदाँ समाजमा हरेकले असल सोच बिचार सोच्ने र असल आचरण गर्ने बानी पार्ने साँस्कृतिक मूल्य मान्यताको विकास गर्न सकेको खण्डमा मात्र नेपालमा देखा परेको राष्ट्रिय स्वाधीनता देखा परेको सकंटको समाधान गर्न सम्भव छ ।
घ) हरेक नागरिकलाई मोबाईल स्क्रिन एल्गोरिदमको कोर्डले आफू नियन्त्रणमा परेको अनभूति हँुदैन–“म आफ्नै इच्छाले हेर्दैछु, सोच्दैछु र प्रतिक्रिया पनि दिदैछु भन्छ” तर वास्तबमा डिजिटल मोबाइलको लत, बानीमा निरन्तर बाँधिदै लगिएको हुन्छ । यस्तो लतले मानिसको धैर्य सहनशीलता र संवादको मूल्य मान्यताको सँस्कृतिलाई नष्ट गरिरहेको छ । यदि यस प्रक्रियालाई समयमा बुझ्न बुझाउन सकिएन भने नेपालमा एउटा यस्तो पुस्ताहरु तयार हुनेछ जुन मानिसको शरीर नेपाली हुनेछ तर सोच्ने विचार गर्ने तरिका प्रक्रिया र निर्णय गर्ने क्षमता, बिवेक विदेशी एल्गोरिदमको कोर्डले तय गर्नेछ । अतः नविन साम्राज्यवादले मोबाइल स्क्रिनको एल्गोरिदम कोणबाट साम्राज्यवादीले शासन गरिरहेको छ ।  हामी नेपालीको सामूहिक “चेतना“ अहिले अमेरिकी डिजिट एल्गोरिदम नियन्त्रणमा छ यो नै डिजिटल उपनिवेशवाद र डिजिटल सार्वभौमिकताको खतरनाक रुप र सार हो तसर्थ नेपाली समाजलाई यो अतिवादबाट जोगाउन जरुरी छ । हामीमा डिजीटल उपनिवेशबाट जनतालाई जोगाउन चाहन्छौं । अर्थात् ज्ञान, विज्ञान र प्रज्ञान सहितको जनसमाजको निर्माण हाम्रो लक्ष्य हुनेछ ।
५.वैज्ञानिक समाजवादको नारा “सुशासन र रोजगारी समाजबादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी” को लागि : 
क) विश्व र नेपालका विभन्न काल खण्डमा भएको निरंकुश शासकहरु विरुद्ध २००७ सालको निरंकुश राणा शासन, २०२८/२०२९ को झापा विद्रोह, २०३५/२०३६ सालको विद्यार्थी आन्दोलन, ०४६/०४७ सालको निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य, संबैधानिक राजतन्त्र तथा संसदीय बहुदलीय शासन ब्यबस्थाका विरुद्ध दश बर्षे महान् जनयुद्ध लगायत १९ दिनको जनआन्दोलन आदि मार्फत नेपाली जनताको त्याग वलिदान र सहयोगबाट पहिलो संविधान सभाबाट २०६५ साल जेष्ठ  १५ गते  संघीय गणतन्त्र नेपाल घोषणा ग¥यो भने २०७२ साल असोज ३ गते दोस्रो संविधान सभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी गरी संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्व राज्यमा सुनिश्चित गरिएको कुरा स्मरण गराउन चाहन्छौं । यसरी विश्व र नेपालको विभिन्न कालखण्डमा भएको सशस्त्र विद्रोह/शान्तिपूर्ण आन्दोलनको अनुभव र शिक्षाको सारमा “जनता इतिहासको निर्माता” हुन् र “जनता नै निर्णायक शक्ति” हो भन्ने तथ्य प्रमाणित भएको छ । यो ईतिहाँसले सिकाएको पाठलाई गहिरोसँग बुझ्नुपर्छ ।
ख) समाजवादको तयारीको लागि सरकार र सदन माथिबाट हस्तक्षेप र जनताको सहयोगमा सडक र निश्चित गाउँ, नगर, वडा, पालिकाबाट समाजवादको अभ्यास गर्न आम जनतालाई वैचारिक,राजनैतिक, साङ्गठानिक, आर्थिक उत्पादन र समाजिक साँस्कृतिक रुपबाट राजनीतिक सशक्तिकरण गर्दै अर्थात् आम जनता सबैलाई हरेक काम कारवाहीमा प्रत्यक्ष रुपले सहभागी गर्दै राज्यसत्तामा जनताको सर्वोच्चता कायम गर्न आम जनताबाट निगरानी, हस्तक्षेप र नियन्त्रणमा राख्नको लागि लाग्नेछौं ।
ग) सुशासन सामाजिक न्याय र समृद्धिलाई मुख्य केन्द्र मान्दै जनतालाई  सरकारबाट दिइने सेवा सरल सहज तरिकाले दिने र वेथिति, विसङ्गति, विकृति, भ्रष्टाचार विरुद्ध, जनसमुदायलाई राजनीतिक सशक्तीकरण गर्दै जनता बाट नै “निगरानी, हस्तक्षेप र नियन्त्रण”नीतिलाई कार्यन्वयन गर्ने तर्फ    लाग्दछौ ।
घ) विज्ञान, प्रविधि, व्यवस्थापन विधा एवम सिद्धान्त, विचार सहितको संयोजनबाट आधुनिकतावादिको प्रविशासकीय शासन व्यवस्था (Technocratic Regime) अर्थात् सबै तहको विधाको विषयगत समितिहरुको विषयगत संयन्त्र निर्माण गरी आम जनसमुदायलाई विधागत एवम् सिद्धान्त विचार सहित दक्ष जनशक्ति निर्माण गर्दै राज्यसत्ता माथि निगरानी हस्तक्षेप र नियन्त्रणको नीतिलाई कार्यन्वयन गर्न प्रतिवद्ध हुनेछौं ।
ङ) राज्यसत्ताका तीन अङ्गहरू– व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र अन्य संबैधानिक अङ्गहरू सबै प्रशासनिक प्रणालीहरु Aristocracy, Meritocracy, Deep State, Kleptocracy/Cockistocracy आदिको विशेषता बारेमा आम जनसमुदायमा जानकारी लिने दिने नीतिको आधारमा सरल सहज तरिकाबाट जनतालाई सेवा पु¥याउने प्रतिवद्धता गर्दछौं ।
च) “.रोग लाग्न नदिन “विषादीयुक्त खानपिन (तरकारी फलफूल जङ्कफुड चाउचाउ पानीपुरी (पेय तरल पदार्थ कोकाकोला, फ्रुटी ) बढी आयोडिनयुक्त नुन, प्लास्टिक भाडाको  खाना आदि) बाट  क्यान्सर  जस्तो प्राणघातक रोगबाट बँच्न र बँचाउन प्राविधिकहरूद्वारा प्रबिधिबाट जाँच गर्ने र मापदण्ड अनुसार भए नभएको अनुगमनको व्यवस्था गर्नुको साथै विद्यालय, हरेक घरपरिवारमा “सम्वद्र्वन तथा जनचेताना कार्यक्रम” मार्फत कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
छ) समाजवाद उन्मुख आत्मनिर्भर, राष्ट्रियपूँजीको अर्थ–राजनीतिक व्यवस्थापन एकीकृत परियोजना  मार्फत पहाडी भू–भागहरुमा आर्थिक क्रियाकलाप र उत्पादकत्व वृद्धि गरी रोजगारीका अवसरहरु स्थानीय जनसमुदायको पलायनलाई रोक्न सकिने हुँदा सरकारले बजेट विनियोजन गर्दा अन्य शीर्षकको बजेट केही प्रतिशत घटाएर किसानहरुले उत्पादन गरेका सबै उत्पादित अन्न आदिमा न्यूनतम अनुदान दिलाउन प्रतिवद्धता व्यक्त गर्दछौं ।
ज) कृषि उत्पादनलाई आवश्यक रासायनिक मललाई न्यूनीकरण गर्न जैविक मल उत्पादन तथा खरिद बिक्री गर्न सरकारबाट  अनुदान सहितको व्यवस्थापन गर्न प्रतिवद्धता व्यक्त गर्दछौंँ ।
६. मोबाइल स्क्रिन एल्गोरिदम प्रविधिबाट प्राप्त हुने नकारात्मक विषयबाट मुक्त गरी नागरिकको सकारात्मक रुपबाट सोच्ने एवम् स्वनिणर्य गर्ने क्षमताको विकास गर्नको लागिः
क) अहिलेको डिजिटल प्रविधि उन्मादको युगमा साम्राज्यवादले बन्दुकबाट नभई त्यस देशको मानिसको “सोचाई र व्यवहार” लाई नियन्त्रण गरी त्यस देशमा शासन गरिरहेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । मोबाइल स्क्रिन एल्गोरिदमको सर्भर कोर्डले विचारहरूको छनौट गर्दछन ती छनौट गरेका विचारहरुले तथ्यहरुलाई तोडमोड गरी छायाँमा पार्दछन् । झुटो कुरालाई सत्यको आवरण ओढाएर आकर्षक वनाईन्छ । एल्गोरिदममा पहिल्यै नै छनौट भईसकेको कुरालाई मानिसहरूरुले आफ्नै सोच भएको ठान्दछन् तर एल्गोरिदम सर्भर कोर्डको दास भएको महशुस हुँदैन तर आफू स्वतन्त्र भएको भ्रममा हुन्छन् ।
ख) यस प्रविधिको डिजिटल युगमा सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूटुब, इन्स्ट्राग्राम, टुइटर लगायत राजनीतिक र बिचार निमार्णको शिक्षालय तथा कारखाना बनेको छ । हरेक नागरिकको रुची कमजोरी र असन्तुष्टि सबैको तथ्याङ्क एल्गोरिदममा केन्द्रित भएको हुन्छ र हरेक मानिसको तथ्याङ्क पढेर विश्लेशण गरेर एल्गोरिद्मले हरेक मानिसको “सोच र व्यवहार“ इच्छा अनुसार मोडिरहेको हुन्छ हरेक नागरिकले आफ्नो स्वःनिणर्य गर्ने हैसियत गुमाईसकेको हुन्छ यसैको नतिजा स्वरुप जनताको बचत, रकम ठग्ने र सिंहदरवार आगो लगाउने विदेशी दलाल कथित नयाँ पार्टीप्रति नयाँ पुस्ताहरुले वकालत गरी देशलाई युक्रेन बनाउन खोजिएको हुदाँ सवै देशभक्त नेपालीहरुले देश युक्रेन हुन नदिन, गम्भीर भएर भएर सोच्न हार्दिक अनुरोध गर्दछौं ।
    अन्तमा, देशको वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्रको सुदृढिकरण, सामाजिक, न्यायको संस्थागत संरक्षण तथा नेपाली विशेषताको समाजवाद निर्माणको दिशामा यो निर्वाचन ऐतिहासिक अवसर हो धादिङ जिल्लामा आजको समस्या भनेको युवाहरुको बढ्दो बैदेशिक पलायन, कृषि, र ग्रामीण अर्थतन्त्रको संकट पूर्वाधार विकासमा असमानता, सामाजिक न्याय र प्रतिनिधित्वको सवाल हुन । यसको समाधान युवा रोजगारी र उद्यमशीलताको निर्माण, कृषिमा आधुनिकीकरण, पूर्वाधार र पर्यटनमा विकास, शिक्षा, स्वास्थ्य, सुशासन र भ्रष्टाचार न्यूनिकरण हुन् । यसका लागि धादिङ जिल्लाको प्रतिनिधिको रुपमा नेपाली कम्युनिस्ट पार्टीले जिल्लाको क्षेत्र नंं १ मा क. राजेन्द्र प्रसाद पाण्डे र क्षेत्र नं. २ मा क. राम बहादुर भण्डारीलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । त्यस्तै समानुपातिक तर्फ क. ईन्दिरा ढुङ्गाना उम्मेदवार हुनुहुन्छ । तसर्थ मतमत्रको  तारा चिन्हमा मतदान गरी हाम्रा उम्मेदवारहरुलाई विजयी गराईदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौं ।
नेपाली कम्युनिस्ट पार्टी
जिल्ला निर्वाचन परिचालन समिति,
मितिः २०८२ फागुन ३ गते ।
धादिङबेसी, धादिङ
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

  • धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

  • धादिङमा होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईने

    धादिङमा होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईने

  • समाचार
    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0