प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ, १७ फागुन ।
जिल्ला प्रशासन कार्यालय धादिङले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ सम्पन्न गर्न कर्मचारी खटनपटनका कारण दुई दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जनाएको छ।
कार्यालयले आइतबार सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू विभिन्न मतदान केन्द्रमा खटिइरहेकाले जनशक्ति अभाव हुने जानकारी दिएको हो। सोही कारण मिति २०८२ फागुन १८ गतेदेखि १९ गतेसम्म शान्ति–सुरक्षा र विपद् सम्बन्धी कार्य बाहेक अन्य सम्पूर्ण सेवा स्थगित गरिने जनाइएको छ।
सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै कार्यालयले अत्यावश्यक कामबाहेकका सेवाका लागि तोकिएको मितिपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रशासकीय अधिकृत राममणी मिश्रद्वारा हस्ताक्षरित उक्त सूचनामा निर्वाचन कार्य सफल बनाउन कर्मचारी व्यवस्थापन प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |